वीरगंज–२५ मा सिलाइकटाइ तालीम सम्पन्न

1200x150_1200x150-01.jpg (1)
वीरगंज, २० मंसिर । सीप सिकौं, रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने ( ९० घन्टे) सिलाइ कटाइ तालिम आज सहभागीहरूलाई प्रमाण पत्र बितरण गरी समापन भएको छ।
वीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र वीरगंजको आयोजनामा उत्त तालिम समापन भएको हो।तालिमको समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरूको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुग्ने उद्देश्यले तालिम आयोजना गरेको बताए।
उनले भने घरमा महिलाहरू यतिकै न बसेर सिकेको सीप ब्यवहारमा ल्याउन तथा घर परिवार समाजमा उपभोग,उपयोग गर्न वडा अध्यक्ष चतुर्बेदीले आग्रह गर्नु भएको थिय

तालिमको समापन समारोहमा वडा सचिव हरेराम चौधरी,महिला वडा सदस्य फुलेनिया देवी, तेतरी देवी,जगदीश साह तुरहा, बँका पटेल, प्रशिक्षक राधा चौधरी, सहायक प्रशिक्षक लक्ष्मी शर्मा लगायत तालिममा ३० जना महिला सहभागीहरूको उपस्थिति रहेको थियो।
सरिता सीप कला केन्द्र वीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो।

सम्बन्धित पोस्टहरुः