search

spot_img
spot_img

होटल व्यवसायी हीरा गौतमको पचास करोडको लगानीमा चारतारे होटल सञ्चालन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० मंसिर । मधेस प्रदेशकै चर्चित होटल वर्दीवासको गौतम होटलका सञ्चालक हीरा गौतमले महोत्तरीमा अर्को चेन होटल सञ्चालनमा ल्याएका छन्।
वर्दीवासको लालगढमा सुविधासम्पन्न चारतारे गौतम होटल सञ्चालनमा ल्याइएको हो। गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ५० करोडको लगानी रहेको सो होटलको उद्घाटन गरेका थिए। ४० वटा कोठा रहेको सो होटलमा हालसम्म २८ वटा कोठा तयार भएर बूकिङ भइरहेको र बाँकी निर्माणको चरणमा रहेको व्यवसायी गौतमले बताए।
मिथिलानगरपालिका वडा नं ९ मा पर्ने २२ कट्ठा जग्गा छोडेर ५० करोड लगानी रहेको बताइएको छ। सो होटलमा ७० जना पौडी खेल्न सक्ने क्षमताको २४ वर्गफिट बराबरको स्वीमिङपुल, ३५–३५ जनाको दुईवटा कन्फ्रेन्स हल, दुईवटा मिनी कन्फ्रेन्स हल एवं वैवाहिक कार्यक्रमको लागि सात सयभन्दा माथि र तीन हजारसम्म अट्नसक्ने मोनालिसा हल सञ्चालनमा आइसकेको छ।
१५० जनालाई रोजगारी दिने लक्ष्य राखिएको सो होटलले हालसम्म ६० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। साथै होटलमा आधुनिकस्वरुपको बार, लबी, डाइनिङ हल डिजाइन गरिएको छ। होटलभित्र एकै साथ ४० वटा कार पार्क गर्न सकिने क्षमता रहेको छ भने बाहिर पनि पार्किड्ढो लागि पाँच कट्ठा जग्गा रहेको बताइएको छ।
कुल ५० करोड लगानीमध्ये हाल ३५ करोड खर्च भइसकेको र होटलको मेन बिल्डिङभन्दा पछाडिपछि भवनमा १० कोठा र मिनी क्यासिनो निर्माणको लक्ष्य राखिएको उनले बताए। तीस वर्षअघि होटल व्यवसायी गौतमका बुबा नरहरि गौतमले छाप्रोमा खाना खुवाउने होटलबाट शुभारम्भ भएको होटल व्यवसाय अहिले फस्टाउँदै गएको छ। २३ वर्षदेखि हीरा गौतम नै बुबाको बिरासतलाई सम्हाल्दै आधुनिक परिवेशमा होटल व्यवसायलाई अगाडि बढाउन थालेपछि उनको होटल मधेस प्रदेशकै एउटा स्तरीय होटलको रुपमा चिनिंदै गएको हो।

वर्दिवास नगरपालिका–१४ मा पहिलो होटल सञ्चालनमा छ। २०५७ सालमा एसएलसी पास बुबाको व्यवसायमा सक्रिय बन्दै गएका हीरा गौतमले वर्दिवासको गौतम होटल पनि विस्तारै विस्तार गर्दै गए। तीन वर्षअघि आठवटा कोठाबाट शुरु गरेको सो होटलमा अहिले ४२ वटा कोठा सञ्चालनमा छ। वर्दिवासको सात कट्ठा जग्गामा निर्मित प्रथम होटलमा ७० जनालाई रोजगारी प्रदान गरिएको छ। तीनवटा भवन रहेको पहिलो होटलको कुल पूँजी करीब २० करोड पुगेको गौतम होटलले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads