search

spot_img
spot_img

गाँजा पाकेपछि बारा पर्सामा गाँजा फडानी अभियान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय बारा र पर्साले केही दिनदेखि गाँजा फँडानी अभियानलाई तीव्र पारेका छन्। गाँजा पाकेर भिœयाउने बेलामा प्रहरीले केही गाँजाखेती नष्ट गरेर नाटक गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन्।
प्रहरीले गाँजाविरुद्धको अभियान चालेको भए बेर्ना लगाउने बेलामा नै गाँजा फँडानी गर्न सक्थ्यो तर अहिले आएर गाँजा पाकेपछि केही गाँजाखेती फँडानी गरेर झारा टार्ने काम गरेको स्थानीयको आरोप छ।
गाँजाखेतीको लागि बेर्ना तयार, खेत खनजोत अनि गाँजाको बिरुवा लगाउने बेलामा बारा/पर्साका विभिन्न सुरक्षा निकाय तथा अनुसन्धान विभागका कर्मचारीहरू कहाँ थिए ? स्थानीयवासीले प्रश्न गरे।
स्रोतका अनुसार पर्साका दुई सय बिघा तथा बाराका साढे तीन सय बिघा क्षेत्रफलको गाँजाखेती फँडानी हुन सकेको छैन। बारा र पर्सामा गाँजाखेती जङ्गलभित्र व्यापकरूपमा गरिएको छ। प्रहरीलाई सबै जानकारी भएपनि गाँजा व्यापारीको प्रलोभनमा परेको स्रोतको भनाइ छ।
गाँजा रोप्ने बेला गाँजा व्यापारीले प्रहरीलाई प्रतिकट्ठाको दरले रकम बुझाएको र अहिले गाँजा पाक्ने बेलामा नाम कमाउन प्रहरीले केही गाँजाखेती फँडानी गरेको एकजना गाँजा व्यापारीले बताए। प्रतिवर्ष मङ्सिर महीनाभरि गाँजाखेती फँडानी गर्ने प्रहरीको कार्यनिर्देश अनुसार अहिले गाँजाखेती रोकथाम गरेको देखाउन फँडानी गरिरहेको स्रोतले दाबी गरेको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, बाराले निजगढ नगरपालिका–१२ कुलिया, थली, सालबिसौनीमा १६ कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको छ।
इलाका प्रहरी कार्यालय, निजगढले सो क्षेत्रमा लगाइएको करीब २० हजार गाँजाका बोटहरू फँडानी गर्नुका साथै गाँजाखेतीमा संलग्न व्यक्तिहरूको खोजतलाश गरिरहेको जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ड्राइपोर्ट भन्सारमा पल्दारको मृत्यु

राधेश्याम पटेल वीरगंज, २० असोज । वीरगंज–२५ श्रीसियास्थित वीरगंज भन्सारमा मातहतको श्रीसिया सुक्खा बन्दरगाह महाशाखामा गएराति काम गरिरहेको अवस्थामा घाइते...

सम्बन्धित खबर

- Advertisement -neelambads