search

बैंककर्मीद्वारा पत्रकार साहको क्यामरामा क्षति

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ मंसिर । वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा रहेको ग्लोबल आइएमई बैंकमा कार्यरत एकजना बैंककर्मीले पत्रकार जियालाल साहको क्यामराको लेन्स फुटालेकी छन् ।
बैंककर्मी खुश्बु रौनियारले ग्यालेक्सी फोरकेका संवाददाता जियालाल साहको क्यामराको लेन्स फुटालेको बताइन्छ ।
बिहीवार बैंकमा नवीन गिरी, अभिषेक महतोले लाइसेन्सको नवीकरण शुल्क बुझाउन जाँदा भौचर नमिलेको भन्दै बैंककर्मी रौनियारले अर्को भौचर भर्न सुझाव दिएकी थिइन् । नगद लिएर भौचर फिर्ता गरेपछि दुवैजनाले अर्को भौचर भरेर पुनः बैंकमा बुझाउन जांदा बैंककर्मीले नगद माग गरेपछि आफूहरुले पहिलोपटक भौचर बुझाउंदा एक–एक हजार नगद दिएको बताए । सोही कुरामा विवाद भएको थियो ।
बैंकबाहिर रहेका पत्रकार साहले सोको भिडियो खिंचिरहेको बेला रौनियारले किन भिडियो खिंचेको भन्दै पत्रकार साहको क्यामेराको लेन्स फुटालेको बतायन्छ । पत्रकार साहले लेन्सको मूल्य एक लाख ८० हजार रहेको र सोको क्ष्Fतिपूर्ति रौनियारले दिनुपर्ने माग गरेका छन् । उनले फुटालेको दृश्यको सिसिटिभी फुटेज हेर्न सकिने बताएका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads