search

spot_img
spot_img

फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने

पढ्न छुटाउनुभयो ?

काठमाडौं २६ मंसिर । मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ ।

योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।

नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरुले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो सर्भिस बन्द हुनेछ । यद्यपि यो सर्भिस बन्द भैसकेपछि पनि प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउनेछन् ।

क्रस मेसेजिङ बन्द भएसँगै प्रयोगकर्ताले नयाँ च्याट गर्न सक्नेछैनन् तर आएको मेसेज भने हेर्न सक्नेछन् । इन्स्टाग्राम जस्तै फेसबुकमा पनि यस्तै खालको अपडेट हुनेछ । अर्थात् फेसबुक प्रयोगकर्ताले पनि इन्स्टागम प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछैनन् ।

मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रुपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपमा मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।

एजेन्सीको सहयोगमा

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि...

सम्बन्धित खबर

- Advertisement -neelambads