चर्को ब्याज लिने लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन–ज्ञापन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २६ मंसिर । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीलाई लघुवित्तीय संस्थाविरूद्ध गठित संघर्ष समिति नेपालले ज्ञापन पत्र बुझाएको छ ।

लघुवितीय संस्थाहरू सरकारले तोकेको भन्दा बढी व्याज लिएको जनाउदै विभिन्न गाउँँबाट आएका महिलाहरूले वीरगंज नगर परिक्रमा गर्दै महिलाहरूले प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए ।

समिति नेपालले जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै तत्कालै लघुवितीय संस्थाको खारेजीको माग गरेको छ । लघुवितीय संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर, किशानहरूलाई निश्शुल्क ऋण प्रदान गर, सामाजीक अर्थतन्त्रको विकास गर नारा लगाउँदै विभिन्न ९ वटा बुँदा लागु गर्न लघुवितीय संस्थाविरूद्ध संघर्ष समिति नेपालले प्रजिअलाई आग्रह गरेको छ ।

प्रजिअ रेग्मीले तत्कालै मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाए । मागलाई कार्यान्वय गराउन मन्त्रालयमा सबै विषय जानकारी गराउने अनि दुःख दिने लघुवितीय संस्थाहरूलाई पनि प्रहरीको माध्यमबाट कारबाई गर्ने बताए ।

सम्बन्धित पोस्टहरुः