search

सिम्रौनगढ कर्मचारी आन्दोलनमा गोली चल्दा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

सिम्रौनगढ २७ मंसिर ।
बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ मनसबराघाट बस्ने लखेन्द्र मुखियाका छोरा वर्ष २५ का लक्ष्मी मुखिया रहेका छन् । उनको घटनास्थलमै प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उनको शव नारायणी अस्पतालमा पोस्टमार्टमको लागि ल्याइएको छ । मृतक मुखिया स्थानीय हुन की कर्मचारी खुल्न बाँकी छ । त्यसैगरी,सोही घटनामा परी थप ५ जना स्थानीय र १० जना सुरक्षाकर्मी घाइते भएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीका प्रहरी निरीक्षक शोभेन विक्रम राणाका अनुसार घटनालाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नू परेको बताए । अहिले अवस्थ समान्य रहेको बताएका छन् ।
नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् । सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र गाडी चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको थियोे । आन्दोलनकारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् । सो नगरपालिकामा कानुनी रूपमा नगर सभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads