search

spot_img
spot_img

पर्साको पकहामैनपुर गापा भयो पूर्ण खोप घोषणा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको पकहामैनपुर गापा वडासहित पूर्ण खोप घोषणा भएको छ । पछिल्लो ९ वर्षपछि यो पालिका पूर्ण खोप घोषण भएको हो ।पर्साको १४ पालिका मध्ये अब पर्सामा धोबिनी,कालिकामाई र विन्दवासिनी गापा मात्र पूर्ण खोप घोषणा हुन बाँकी छन् । पकहामैनपुरमा आयोजित एक समारोहका वीच जिल्ला समन्वय समिति पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति पर्साका संयोजक निरन्जनप्रसाद साह सोनारले पालिकालाई पूर्ण खोप घोषणा गरे । यसअघि पालिकाले वडालाई पूर्ण खोष घोषणा गरेको थियो । त्यसपछि जिल्लाको खोप समन्वय समितिले पालिकाको खोप समन्वय समितिलाई पूर्ण घोषणाको प्रमाण पत्र हस्तनान्तरण गर्दै घोषणा गरिएको हो।

पकहामैनपुरका गापा अध्यक्ष एवं पालिका खोप समन्वय समितिका संयोजक सुरेश प्रसादको अध्यक्षतामा एवं पत्रकार निलिमा पौडेलको सहजीकराणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पर्साका सभापति सर्राफ,सोही समितिका उपसभापति पूरनप्रसाद कुर्मी,स्वास्थ्य कार्यालय पर्साका प्रमुख एवं जिल्ला खोप समनवय समितिका सदस्य सचिव,डा. मुक्तिनारायण साह, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत एवं खोप फोकल पर्सन जयमोद ठाकुर,पकहामैनपुर गापाकी उपाध्यक्ष सर्फुन नेशा,पकहामैनपुर १ का वडा अध्यक्ष विनोद मेहता,२ का वडा अध्यक्ष मुकुट चौहान,३ का वडा अध्यक्ष सन्जय चौहान,४ का वडा अध्यक्ष ढेडी प्रसाद यादव,५ का वडा अध्यक्ष बलिलरामप्रसाद चौरसिया,कार्यपालिका सदस्यद्वय लालपरी देवी र सुगान्धी देवीलगायतको सहभागिता थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक मो.सदाम हुसैन र सहसंयोजक शत्रुधन गिरीको सक्रियतामा पछिल्लो ५ महिनाको तयारीको फलस्वरुप पालिकालाई पूर्ण खोप घोषणा गरिएकोमा वक्ताहरुले शुभकामना तथा बधाई दिएका थिए । उक्त पालिकामा कुल जनसख्या २३ हजार ४ सय ५३ रहेकोमा ०–१ वर्ष सम्मको लक्षित जनसख्या ५६१ र १२–२३ महिना सम्मको बालबालिकाको लक्षित जनसख्या ५५६ सरकारले निर्धारण गरेकोमा घरधुरी सर्वेक्षण गर्दा १५ महिना सम्मको बालबालिकाको सख्या नै ५५६ रहेको पत्ता लागेको थियो ।
यसैवीच,१६ देखि ५९ महिना सम्मको बालबालिकाको सख्या १४३१ भेटिएको मध्ये ७३ जना खोप छुट भएको बालिबालिकाको मंसिर २२ गते भित्र पूर्ण खोप गराई जिल्ला पूर्ण खोप समन्वय समिति पर्सासंग अनुमति मागिएको थियो ।
त्यसपछि यही मंसिर २४ गते उक्त पालिकाको जिल्ला खोप समन्वय समितिबाट छडके घरधुरी अनुगमन गर्दा छनौट भएका दलित,पिच्छिडिएको र मुस्लिम वस्ती मध्येका ८१ घर सर्वेक्षण गर्दा कुनै पनि बालबालिका खोपबाट बञ्चित नभएको भेटिएपछि जिल्ला खोप समन्वय समितिले मंसिर २६ गते पालिकालाई पूर्ण खोप घोषणाको लागि अनुमति दिइएको थियो । सोही बमोजिम पालिकालाई आज पूर्ण खोप घोषणा गरिएको हो । आजको कार्यक्रमको मुख्य आकर्षण पालिकाका सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई गापाद्वारा मोबाइल,छाता र टर्च लाइट वितरण गरिएको थियो । साथै,सबै वडाका खोप कार्यकर्ता र सहयोगीलाई गापाद्वारा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
उक्त गापा जिल्ला स्वास्थ्य कार्यालयको गत आवको स्वास्थ्य सूचकांङमा अन्तिम अवस्थामा रहेतापनि उक्त पालिकामा स्वास्थ्यका संयोजक मो.सदाम हुसैन एवं सहसंयोजक शत्रुधन गिरीको प्रयासले त्यहाँको सूचकांङमा सुधार आएको मधेश प्रदेश मातहतको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत लालबाबू यादवले जानकारी गराएका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads