बीरगञ्ज २ पुस । मलेसिया वैदैशिक रोजगारमा पठाउने एक जना एजेन्ट सम्पर्क विहिन भएको आरोप लगाइएको छ । महोत्तरी,लोहारपट्टि–९ प्रिपाढी बस्ने र्ष ४० का प्रकाश यादवले यस्तो आरोप लगाएका हुन् ।
राइटवे काठमाडौं म्यानपावर कम्पनीका प्रतिनिधिको रुप्मा काम गर्ने बारा,कलैया–१९ पचायनपुर बस्ने वर्ष ३३ का श्याम पटेलले पैसा लिएर सम्पर्कविहिन बनेको यादवको आरोप छ । ६ महिनाअघि २ लाख ९० हजार रुपैया लिएर पनि हाल सम्म मलेसिया नपठाएको र र पैसा माग्दा पनि सम्पर्कमा नआएको उनले आरोप लगाए ।
पटेलको खातामा २ लाख पठाएको र लोहारपट्टि नपा–८ भगावनपुर बस्ने स्थानीय एजेन्ट भोला यादवलाई ९० हजार जम्म गरेको भन्दै हाल सम्म सम्पर्कमा नआएको बताइएको छ । यस विषयमा एजेन्ट पटेलसंग बुझदा उनले पुस २० गते भित्र पैसा फिर्ता गर्ने आश्वासन दिए ।
उनले फोन गरेर हैरान गरेपछि आफुले ब्लकलिस्टमा नम्बर हालेको बताउँदै सम्पर्कविहिन नबनेको स्पष्ट पारे ।उनले आफुले लिएको पैसा फिर्ता गर्ने तर अरुले लिएको पैसाको जिम्मा आफुले लिन नमिल्ने बताए ।
Facebook Comments Box