search

भैसाको प्रतिमा टोडफोड आरोपमा पक्राउ भएका ६ जना रिहा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ पुस ।
पर्सा,वीरगंज–२१ परवानीपुरस्थित प्रहरी चौकी परवानीपुरको अगाडि ड्राईपोर्ट चोकमा वीरगंज महानगरले स्थापना गरेको भैंसाको प्रतिमा भत्काएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले रिहा गरेको छ ।आफनो गल्ती समिक्षा गरेको र एक पटकको चेतावनीपछि पर्सा प्रहरीले ६ जनालाई रिहा गरेको हो ।

मंसिर २९ गते सम्म स्थानीय युवकहरुको समुहले महानगरले उक्त प्रतिमा नहटाए आफुहरुले टोडफोड गरी भत्काउने चेतावनी समेत दिएका थिए । सोही अनुसार हिन्दूवादी युवा संगठनले युवाहरुले प्रतिमा टोडफोड गरेको आरोप लागेको थियो ।सोही अनुसार वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले स्थानीय कृष्णा चौधरी,पवन श्रीवास्तव,राजन महतो,सौरभ पटेल,राकेश उपाध्याय,सन्जय साह कानुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो ।

आज अभिभावकहरुको जिम्मा लगाई उनीहरुलाई रिहा गरिएको थियो । हिन्दूवादी संगठन र जनमत पार्टीका नेताहरुले उक्त ठाउँ हनुमान मन्दिर चोक भनेर चिनिने भनेर सो स्थानमा हनुमान भगवानको प्रतिमा राख्न माग गरेका छन् । वीरगंज महानगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानलाई सौन्दर्यकरण गर्न विभिन्न ठाउँमा वन्यजन्तुको प्रतिमा ठडयाउने योजना जारी राखेको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads