search

spot_img
spot_img

अन्डरवल्ड डन दाउद इब्राहिमको अवस्था चिन्ताजनक, विष खुवाइएको हुन सक्ने

पढ्न छुटाउनुभयो ?

पाकिस्तानमा लुकेका भारतका मोस्ट वान्टेड अन्डरवल्ड डन दाउद इब्राहिमलाई विष खुवाइएको हुन सक्ने आशंका गरिएको छ। भातरत र पाकिस्तानका सञ्चारमाध्यामले दाउदलाई विष दिइएको हुन सक्ने आशंका गरिए पनि आधिकारिक पुष्टि भने हुन सकेको छैन।
पाकिस्तानी क्रिकेटर जावेद मियाँदादका निकट मित्र तथा सम्दीसमेत रहेका भारतीय नागरिक दाउद इब्राहिमलाई कसैले विष दिएको दाबी गरिएको छ। अहिले उनको अवस्था निकै गम्भिर र चिन्ताजनक रहेको छ। उनलाई गम्भीर अवस्थामानै कराँचीको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ। यो खबर बाहिर आएसँगै पाकिस्तानमा ट्विटर, युट्युब र गुगलको सेवा अवरुद्ध भएको जनाइएको छ।
कसैले कोहीसँग पनि सम्पर्क गर्न नसकिरहेको जनाइएको छ। यद्यपि आधिकारीक रूपमा दाउदलाई के भएको भनेर जानकारी भने दिइएको छैन। भारतीय सञ्चारमाध्यमले भने उनलाई कसैले विष दिइएको र त्यो उनको सबैभन्दा नजिकको हुन सक्ने अड्कल गरेका छन्। उनलाई शनिबारनै अस्पताल लगिएको हुन सक्ने जनाएको छ। अस्पतालमा दाउद रहेको फ्लाटमा अन्य कुनै बिरामी भर्ना गरिएको छैन। डाक्टरबाहेक परिवारका सदस्यलाई मात्रै त्यो तल्लामा जान अनुमति दिइएको जनाइएको छ।
दैनिक भास्करले भने केन्द्रीय अनुसन्धान एजेन्सीका एक अधिकारीसँग कुरा गर्दै दाउदलाई विष खुवाइएको खबर धेरै हदसम्म अफवाह हुनसक्ने बताएको छ। दाउदको सुरक्षा यति बलियो मानिन्छकी कुनै पनि व्यक्तिलाई उनीसम्म पुग्न कम्तिमा १ सय ५० खतरनाक डनहरूलाई पार गर्नुपर्ने हुन्छ।
कतिपयले दाउदको हत्यको योजना आइएसआईले गरेको हुन सक्ने आशंका गरेका छन्। यो वर्ष अहिलेसम्म पाकिस्तानमा एक दर्जनभन्दा बढी आतंकवादी मारिएका छन्। डिसेम्बरको सुरुमा, उधमपुरमा बीएसएफ काफिलामा हमलाको मुख्य योजनाकार लश्कर आतंकवादी अदनान अहमद उर्फ हञ्जला कराँचीमा मारिएका थिए। अज्ञात आक्रमणकारीले गोली प्रहार उनीमाथि गरेको बताइएको छ उनी २६ र ११ मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदको नजिक रहेको बताइँदै आएको थियो।
यसभन्दा एक दिनअघि मुम्बई आक्रमणको षड्यन्त्र रच्ने लश्करका आतंकवादी साजिद मिरलाई पाकिस्तानको जेलमा विष खुवाइएको खबर आएको थियो। केही महिना अघि पाकिस्तानमा खालिस्तानी आतंकवादी परमजीत सिंह पञ्जवाद, एजाज अहमद, बशीर अहमद पीर, मुफ्ती कैसर फारुक जस्ता धेरै आतंककारी मारिएको जनाइएको छ। तिनीहरू सबैमा एउटै कुरा समानता भनेको सबैको हत्या अज्ञात बन्दुकधारीहरूको गोलीबाट भएको थियो। कतिपयले भने आतङ्ककारी संगठनहरूबीच अन्तर्घात भइरहँदा यस्तो घटनाहरू बाहिर आएको मानेका छन्।
कतिपयले छिमेकी अफगानिस्तानमा तालिबान शासनको प्रभाव मानेका छन् भने कतिपयले पाकिस्तानमा कुनै ठूला आतंकवादी संगठनको जन्म भइरहेको हुन सक्ने आशंका गरेका छन्।
पाकिस्तानमा पछिल्लो २० वर्ष हाइ प्रोफाइल आतंकवादीहरू मारिएको एक प्रतिवेदनले दाबी गरेको छ। पछिल्लो घटनामा दाउदलाई कस्ले विष दिइयो भन्ने अड्कलबाजी सामाजिक सञ्जालमा सबैभन्दा चर्चा बटुलिरहेको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads