search

spot_img
spot_img

हरि खेतान क्याम्पस निजीकरण गर्ने प्रयास –डा यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ पुस । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजमा केही महीनादेखि विवाद शुरू भएको छ । क्याम्पस सभाले २०७९ सालमा तीन वर्षको लागि चयन गरेको क्याम्पस सञ्चालक समितिलाई अपदस्थ गरेर प्रेमप्रकाश खेतानले आफू अनुकूलको क्याम्पस सञ्चालक समिति गठन गरेको जनाएर कार्य गर्न थालेपछि क्याम्पसको विवाद चुलिएको हो ।

खेतानले गठन गरेको क्याम्पस सञ्चालक समितिको आइतवार बसेको बैठकले क्याम्पस प्रमुख डा भगवानप्रसाद यादवसहित केही कर्मचारीहरूलाई पनि अनिवार्य अवकाश दिएपछि क्याम्पसभित्रको विवाद अहिले बाहिर आएको हो ।

आज बसेको बैठकले क्याम्पस प्रमुख डा भगवानप्रसाद यादवलाई क्याम्पसको संशोधित विद्यान अनुसार ६३ वर्ष उमेर पुगेकोले अनिवार्य अवकाश दिएको र निमित्त क्यFम्पस प्रमुखमा किशोर रायलाई नियुक्त गर्ने निर्णय गरेको छ । समितिको बैठकपछि आजै निमित्त क्याम्पस प्रमुख रायलाई सो आशयको पत्र बुझाइएको छ ।

सञ्चालक समितिका अध्यक्ष खेतानको अध्यक्षतामा बसेको बैठकले डा यादव ६३ वर्ष पुगेको र उनीसँगै ५८ वर्ष उमेर पुगेका कर्मचारीहरूलाई क्याम्पसको संशोधित विधान अनुसार शिक्षकहरूलाई ६३ र कर्मचारीहरूलाई ५८ वर्ष उमेरमा अनिवार्य अवकाश दिने व्यवस्थाअनुरूप अवकाश दिएको उल्लेख छ । तर क्याम्पस प्रमुख डा यादव भने खेतान अध्यक्ष रहेको सञ्चालक समिति बैध नभएको बताउँछन् । उनले २०७९ सालमा क्याम्पस सभाले जोखनदास थारूको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति गठन गरेको र सो समितिको म्याद तीन वर्षको भएको बताए । उनले अहिले प्रेमप्रकाश खेतानले सामुदायिक क्याम्पसलाई निजी बनाउने उद्देश्यले अवैध तरीकाबाट सञ्चालक समिति बनाएर जोड जबरजस्ती कार्य गर्न खोजेको आरोप लगाएका छन् । उनले हरि खेतान बहुमुखी क्याम्पस तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ, प्रजिअ गोपालमान श्रेष्ठ, स्व भुपेन्द्रलाल नेपाली, बिहारीलाल खेतानको अग्रसरतामा गुठीको साढे छ कट्ठा जग्गामा एकतले भवन निर्माण गरेर बनेको र त्यसपछिका सबै संरचना क्याम्पसको आम्दानीबाट निर्मित भएकामा अहिले खेतान परिवारले निजी सम्पत्ति बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

हरि खेतान बिहारीलाल खेतानका सुपुत्र हुन् र क्याम्पसको भवन निर्माणमा उनको सहयोग रहेकोले उनको नाममा क्याम्पसको नामकरण गरिएको र त्यसपछिका सम्पूर्ण आम्दानी क्याम्पसको भएको बताए । उनले तीन तले क्याम्पस भवनको संरचना र वीरगंज महानगरपालिका–८ पानीटङ्कीमा आठ कट्ठा जग्गा पनि खरीद भएको बताए । अहिले प्रेमकिशोर खेतानलगायतले हरि खेतानलाई आफ्नो निजी सम्पत्ति बनाउन खोजको डा यादवको आरोप छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads