search

spot_img
spot_img

तराई मधेशका २० जिल्लाका किसानलाई परवानीपुरमा यान्त्रिकरण तालिम

पढ्न छुटाउनुभयो ?

वीरगंज
बारा क्षेत्र नं ४ का प्रतिनिधि सभासदस्य किसान भन्ने कृष्णकुमार श्रेष्ठले नेपालमा किसानलाई उत्पादन बढाउन सरकारले प्रेरित गर्नू पर्नेमा जोड दिएका छन् । परवानीपुरमा आयोजित कृषि यान्त्रिकरण तािलमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व मन्त्री समेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् । राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटार,ललितपुरद्वारा कृषि अनुसन्धान निर्देशनालय परवानीपुर,बाराको सभाहलमा सम्पन्न समारोहमा उनले कृषकलाई अनुदान दिएर अल्छी बनाउनु भन्दा उत्पादन बढाएर बालीनाली उब्जाउने वातावरण बनाउन सरकारले प्रेरित गर्नू पर्नेमा उनले जोड दिए ।
कृषिलाई यान्त्रिकरण गर्न सके यूवा शक्ति पलायन हुनबाट रोक्न सकिनेमा उनको जोड थियो । ‘जब सम्म देशमै कृषि कर्म गरेर नेपाली यूवाले विदेश जस्तो पैसा वा आम्दानी गर्न सक्दैनन्,तब जसम्म विदेश पलायन हुने शिलशिला रोकिदैन,’उनले भने,‘यसकारण यूवालाई विदेश जानबाट रोक्न सरकारले हमेशा प्रेरित गर्ने खालको नीति बनाएर जानु पर्ने हुन्छ ।’ नीतिसंगै किसानले समयमा आफनो उत्पादनको प्रतिफल पाउने वातावरण पनि बनाउन सरकारको दायित्व भएको उनले बताए ।

मंसिर २६ गतेदेखि पुस २ गते सम्म सञ्चालन भएको ‘तराई क्षेत्रका युवा उद्यमी किसान र बेरोजगार युवाका लागि अवासीय कृषि यान्त्रिकरण तालिम’ मा आधुनिक युगमा कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजद्वारा विकसित मेशिनबाट धान,गुहँ,मकै,आलु ,उखू रोप्न चरुवा धान प्रविधि,शून्य खानजोत गहु प्रविधि,मकै–आलु–उखू लगाउने प्रविधि(औजार),बेलर प्रविधि,कार्बोह्यापिसिडर,सुपर सिडर,न्यून्तम खनजोत प्राविधि आदी तरिकाको बारेमा खेतमै प्रयोगात्मक प्रदर्शन गर्दै तालिम दिइएको थियो । तालिमले कम खर्चमा बढि उत्पादन गर्ने सहयोग गर्न अगामि दिनमा मेशिनको सहायताले खेतीपाती गर्न सीप सिकाइएको थियो ।

कृषि अनुसन्धन निर्देशनालय परवानीपुर,बाराका निर्देशक डा. बि.पी यादवको अध्यक्षतामा समापन भएको कार्यक्रममा मूलय बैज्ञानिक डा. श्रीमत श्रेष्ठ,राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरका सयोजक डा. पूणर््ाभट्ट चापागाई, कृषि यन्त्र परिक्षण तथा अनुसनधन केन्द्र नवलपुर सर्लाहीका प्रमुख रामनाथ झा,कृषि औजार अनुसन्धन केन्द्र रानीघाट वीरगंजका प्रमुख सचिन कुमार मिश्र,जोन प्राविधिक एकाई पर्साका प्रतिनिधि पुरुषोत्तमबहादुर रौनियहारलगायतको सहभागिता थियो । तालिम संयोजक इन्जिनियर गंगाराम भण्डारीको सहजीकरणमा सम्पन्न भएको तालिममा तराई मधेशका २० वटा जिल्लाका परिक्षार्थीहरुको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads