search

भारतीय नम्बरको एम्बुलेन्स र चालक भन्सार चलान

पढ्न छुटाउनुभयो ?

बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले बिना भन्सारको भारतीय एम्बुलेन्स र चालकलाई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको सूचना अनुसार पुस २ गते वीरगञ्ज महानगरपालिका वडा नं.१३ तराई अस्पताल अगाडी सडकखण्डबाट BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले एम्बुलेन्स चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिन लाई पक्राउ गरी आज अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले बताउनुभएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads