वीरगंज
दिल्ली पब्लिक स्कूल (डिपिएस) वीरगंजले हरेक वर्ष आयोजना गर्ने सिजि इजुकेशन कप अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । पुस ४ गतेदेखि पुस १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विद्यालयका प्रिन्सिपल रञ्जीव आनन्दले बताए । एक साता चल्ने प्रतियोगितामा पर्सा,बारा,मकवानपुर र चितवनका गरी कुल १६ वटा निजि विद्यालयको सहभागिता रहेको छ । नवौं संस्करण अन्तर्गत हुने प्रतियोगिताको उद्घाटन बुधवार विहान ११ बजेपछि हुने आयोजक स्कुल डिपिएसले जनाएको छ । प्रतियोगितामा सनराइज स्कूल चितवन,सोलाडिरीटि एकेडेमी हेटौडा,बाराबाट मोर्डन स्कूल परवानीपुर,सिमराका लोटस एकेडेमी र सिमरा पब्लिक स्कूल,ब्राइटर,शुभतारा,न्यू एकता स्कूल रहेका छन् भने पर्साबाट गौत्तम,डिएभी,साउथजोन,जीवनज्योति,कादम्बरी,ज्ञानदा,डिपिएस,लिटल फलावर स्कूल रहेका छन् । विद्यालय स्तरमा फूटबलका खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिताको विजेताले रु १५ हजार र उपविजेताले रु ७ हजार पुरस्कारसहित शिल्ड र मेडल पाउने छन् ।