search

spot_img
spot_img

एआई हाेइन मान्छेमा मात्रै प्याटेन्ट अधिकार हुने

पढ्न छुटाउनुभयो ?

लन्डन । प्याटेन्टसम्बन्धी आवेदनमा अन्वेषकको रूपमा कृत्रिम बौद्धिकताको नाम राख्न अनुमति दिनु पर्ने याचिका खारेज गर्ने यस अघिको निर्णयहरूलाई बेलायती सर्वोच्च अदालतले सही ठहर्‍याएको छ । प्राविधिज्ञ डा. स्टेफन थेलरले डाबुस भनिने आफ्नो एआईलाई फुड कन्टेनर र फ्ल्याशिङ लाइट बिकनको आविष्कारकर्ताको रूपमा मान्यता दिलाउन खोजेका थिए
तर सन् २०१९ मा बौद्धिक सम्पत्ति कार्यालय (आईपीओ)ले यो अनुरोधलाई खारेज गरिदियो । त्यतिबेला उक्त कार्यालयले आविष्कारकर्ताको रूपमा व्यक्तिलाई मात्रै राख्न मिल्ने भन्दै सो अनुरोध अस्वीकृत गरेको थियो । यो निर्णयको विरुद्ध थेलर उच्च अदालत र पुनरावेदन अदालतसम्मै पुगे ।
अदालतहरूले एआई नभएर मान्छेमा मात्रै प्याटेन्ट अधिकार हुने भन्ने धारणालाई सपोर्ट गरेको तर्क आईपीओ थियो । अहिले सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरूको समूहले ती निर्णयलाई उल्ट्याउने अनुरोधलाई खारेज गरेका छन् । आविष्कारकर्ता व्यक्ति नै हुनु पर्ने अनि एआईको पोल्टामा प्याटेन्ट अधिकार दिन नसकिने फैसला गरिएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads