search

spot_img
spot_img

पुलमा ठोकिएर मोटरसाइकिल दुर्घटना, दुई युवकको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा ७ पुष । बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बाराको प्रसौनी गाउँपालिका वडानम्बर -२ दुधौरा खोला पुल मा कलैयाबाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बाँया साईडको पिलरमा ठोकिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीको छोरा वर्ष २२ को कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर बस्ने बिनोद प्रसाद कुशवाहाको छोरा वर्ष २२ को अभिमनु कुशवाहा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
गए राती १२:१० बजे दुधौरा पुलको बाँया साईडको पिलरमा ठोकी दुवै जना गम्भिर घाईते भएको र उपचारको क्रममा दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खत्रीको LS Neuro अस्पतालमा राति १२:४० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको छ भने कुशवाहाको राति करिब १ बजेतिर नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads