search

पटेर्वासुगौलीमा कायापल्ट गर्ने योजनाको साकारात्मक नतिजा

पढ्न छुटाउनुभयो ?

विनोद यादव, पटेर्वासुगौली
पर्साको पटेर्वासुगौलीको समाजिक क्षेत्रको चौतर्फी विकासको उदेश्यले सञ्चालनमा रहेको स्थानीय अधिकार अभियानको सकारात्मक नतिजा देखिन थालेको छ । एक्शन एड नेपालको आर्थिक सहयोग एवं दिब्य विकास स्रोत केन्द्र पर्साको सहजीकरणमा सञ्चालनमा रहेको स्थानीय अधिकार अभियानको कार्यक्रमले पटेर्वासुगौलीको १–५ नम्बर वडा सम्मको जनतामा सकारात्मक परिमाण दिन थालेको जिल्ला स्तरीय अनुगमन टोलीले बताएको छ ।

जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन भन्ने अजयप्रसाद साह सोनारको नेृतृत्वको टोलीले गरेको अनुगमनमा यस्तो नतिजा देखिएको हो । तत्कालिन दिब्य यूवा क्लब हालको दिब्य विकास स्रोत केन्द्रले गत सन २०१८ जुन देखि सन २०२७ डिसेम्बर सम्म ग्रामिण भेगको उक्त पालिकाको समाजिक क्षेत्रको उत्थानको लागि लागनी गरेको हो । ६ वर्षको अवधीमा संस्थाले करिब ७ करोड रुपैया लागनी गरेको दिब्य विकास स्रोत केन्द्रका प्रमुख रामाकान्त पटेलले बताए ।

संस्थाले खास गरी महिला शसक्तिकरण,जिविकोपार्जन,शिक्षा,विद्यालय व्यस्थापन एवं विद्यालयको भौतिक पूर्वाधार विकास निर्माणको क्षेत्रमा लगानी गरेर समाज विकास गर्न खोजेको हो । हरेक वर्ष संस्थाले सो पालिकाको ५ वडामा करिब डेढ करोड लगानी गरिरहेको छ । महिला शक्तिकरणको क्षेत्रमा महिला,एकल महिला,किशोरीहरुलाई विभिन्न समुह बनाएर शसक्तिकरण गर्ने कार्य अघि बढेको छ भने शिक्षाको क्षेत्रमा विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह गर्न प्रअ तथा शिक्षकहरुलाई विद्यालय सुधार योजनाको लागि तालिम एवं अन्य व्यवस्थापाकीय कार्यको लागि प्राविधिक सहयोग गरिरहेको जनाइएको छ ।

त्यसैगरी,जिविकोपार्जनको क्षेत्रमा १६ वटा समुहमा ४८० जनालाई आबद्ध गरी हरेक समुहबाट एक जना महिलालाई रु२५ हजारको दरले सहयोग रकम प्रदान गरी पसल,तरकारी खेतीलगायत आम्दानी गर्ने कार्य गर्न सहयोग गरिएको छ । जसले गर्दा विदेशबाट फकिएको र गाउँकै अन्य रोजगारीको लागि स्रोतको साधनको पखाईमा बसेका गाउँलेलाई सहयोग पुगेको बताइएको छ । आत्मनिर्भर बन्ने अवसर संस्थाले दिएको गाउँलेहरुले बताएका छन् । १६ वटा महिलाहरुको लागि घुम्ति कोष स्थापना गरिएको छ । हरेक कोष खडा गर्न शुरुवाती चरणमा रु २० हजार नगद सहयोग संस्थाले गरेको छ ।

पटेर्वा सुगौलीको तीन स्थानमा महिला सामुदायिक भवन र ४ ठाउँमा महिला शौचालय निर्माण गरिएको छ । साथै,सो पालिकाको अन्य विद्यालयमा शौचालय नभएको ठाउँमा शौचालय निर्माण र व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको छ । पालिकाको १४ वटा बालविकास केन्द्रमा हाराभारा बनाउन वृक्षारोपण एवं अन्य कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । कार्यक्रम सञ्चालनले महिला,पुरुष,एकल महिला ,किशोरकिशोरी गरी करिब पालिकाको १६÷१७ जनालाई स्थानीय अधिकार अभियानमा जोडिएको छ । अनुगमन टोलीले स्थानीय स्तरमा रोजगार सृजना गर्न र गरिब विपन्नलाई आत्मनिर्भर बनाउन दिब्य विकास स्रोत केन्द्रले सञ्चालन गरेको कार्यक्रमको सबैले प्रशंसा गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads