search

रानीघाट मठको पर्खाल स्थानीयले भत्काए

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ पुस । वीरगञ्जको रानीघाटस्थित मठमा रहेको पर्खाल स्थानीयहरूको एउटा समूहले आज बिहान भत्काएको छ । मधेसी समुदायको सबैभन्दा ठूलो पर्व छठ मनाइने घाटसँगै खाली जग्गालाई घेर्न लगाइएको पर्खाललाई स्थानीयहरूले भत्काएका हुन् ।
स्थानीयहरूका अनुसार केही व्यक्तिहरूले जबरजस्ती घाटको जग्गालाई आफ्नो बताउँदै घेरेर राखेका थिए । घाटको जग्गालाई अतिक्रमणमुक्त गराउन पर्खाल भत्काइएको उनीहरूको भनाई छ ।
रानीघाट मठमा प्रत्येक वर्ष छठ मनाउने गरिन्छ । सिर्सिया नदीसँगै जोडिएको मठमा हजारौँ श्रद्धालुहरू जम्मा भएर छठ मनाउने गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads