search

spot_img
spot_img

वण्डर्स क्लव नोयडा ८ विकेटले बिजयी

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज । वीरगञ्जमा जारी प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आज पनि दुईवटा खेल हुदैछन् । नारायणी क्रिकेट रंगशालामा आज भएको पहिलो खेल वण्डर्स क्लब नोयडा बिजयी भएको छ ।
वण्डर्स क्लव नोयडाले सशस्त्र प्रहरीको एपीएफलाई ८ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो ।
खेलमा सशस्त्रका खेलाडी आसिफ शेखले २२ बलमा १९ रन बनाए । हरिशंकर साहले २३ रन जोडे । यस्तै प्रदीप ऐरीले २४ रन जोडेका थिए । अर्का खेलाडी सन्दीप जोराले २० रनको योगदान गरे भने लोकेश बमले १५ बलमा १९ रन बनाए ।
नोएडाका कप्तान अल्पित गुप्ताले दुई विकेट लिए । अर्को बलर हर्षित सेठी र दिवान्स रावतले क्रमशः एक÷एक विकेट लिए ।
१ सय ४५ रनको लक्ष्य नोयडाले १६ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो । खेलमा नोयडाका खेलाडी सिद्धार्थ गोस्वामीले नटआउट हुदैँ ४३ रन बनाए ।
हर्षित सेठीले नटआउटमा ४५ रन जोडे । यस्तै रितिक भट्टले ४६ रन र अरोरा रितिकले १२ रन बनाएका थिए । सशस्त्रका बलर विपिन खत्री र कमल खत्रीले क्रमश ः एक÷एक विकेट लिएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads