search

spot_img
spot_img

प्रो क्लबमा नोएडा र नेपाल पुलिस विजयी

पढ्न छुटाउनुभयो ?

 वीरगंज, १० पुस/
वीरगंजमा जारी प्रो क्लब च्याम्पियनसीप टी–२० क्रिकेट प्रतियोगिताका अन्तिम चरणका लिग म्याचहरू भइरहेका छन् ।
मङ्गलवार नारायणी क्रिकेट ग्राउन्ड वीरगंजमा सम्पन्न दुईवटा खेलमा पहिलोमा युपि ११ लाई पराजित गर्दै नोएडा विजयी भयो भने पर्सा–११ र नेपाल पुलिसबीच भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

पहिलो खेलमा टस जितेर नोएडाले फिल्डिङ्ग रोजेका थिए । पहिलो ब्याटिङ गर्दै युपिले निर्धारित २० ओभरमा ९ विकेटको क्षति ११४ रन बनायो ।

जसमा समिर अन्सारीले २४, जयदीप सिंहले २३ रनको योगदान ग¥यो । नोएडाका तर्फबाट सञ्जीव चतुर्वेदी, शशाङ्क शेखरले समान २/२ विकेट लिएका थिए भने अलिप्त गुप्ता र कप्तान हर्षित सेठिले समान १/१ विकेट लिएका थिए ।
११५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ्ग गरेको नोएडाले १५ ओभरमै ३ विकेटको क्षतिमा ११५ रनको लक्ष्य भेटायो । जसमा नोएडाका कप्तान सेठ्ठिले ४५, सिद्धार्थ गोस्वामीले २७, उज्जैक मल्लिकले २२ रन बनाएका थिए ।
युपिका तर्फबाट सत्या तिवारीले २, सहिम हसनले १ विकेट लिएका थिए ।

यसरी नोएडाले लगातार २ खेलमा विजयी भइरहेकोले सेमिफाइनलमा पुग्ने आशा बढेको छ भने रनरेटको आधारमा अङ्कतालिकामा पर्सा भन्दा माथि उक्लेको छ ।
यसैबीच पर्सा ११ र नेपाल पुलिसबीच भएको दोस्रो खेलमा टस जितेर पर्साले बलिङ रोजेको थियो ।
नेपाल पुलिसले पहिलो पारिमा निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १२४ रन बनाएको थियो जसमा करण केसी २९, अमित श्रेष्ठ २६, आरिफ शेख २२ रन बनाए ।
पर्साका तर्फबाट अनिल साह २, समसाद मन्सुरी, रूपेश सिंहले १/१ विकेट लिएका थिए ।
१२५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको पर्सा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो । जस्ले गर्दा खेल हार्नु परेको थियो । पर्साको तर्फबाट कुनै पनि ब्याट्म्यान चल्न नसकेनन । नेपाल पुलिसको तर्फबाट समिर ढकाल, ललित राजवंशी, करण केसीले समान २/२ विकेट लिएका थियो भने राशीद खान र शेल मल्लले १/१ विकेट लिएका थिए ।

क्यान पर्साद्वारा आयोजित प्रतियोगिताको अङ्कतालिका अनुसार नेपाल आर्मि ४ खेलमा ४ जिेतेको छ भने पुलिसले ४ खेलमा ३, नोएडा ४ खेलमा २, पर्सा ४ खेलमा २, एपिएफ ३ खेलमा १ जितेका छन् । भने युपि ५ खेलमा एउटा पनि खेल जितेको छैन । प्रतियोगिताको सेमिफाइनल दौडबाट युपि बाहिरिएको छ । प्रतियोगिताको फाइनल ३० डिसेम्बर हुने जनाइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads