search

spot_img
spot_img

सिजी कपको फाइनलमा सोलाडिरिटी र लोट्स भिड्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ पुस/
वीरगंजमा जारी सिजी एजुकेशन कपको शुक्रवार हुने फाइनलमा हेटौंडाको सोलाडिरिटी इन्टरनेशनल र सिमराको लोट्स एकेडेमी भिड्ने भएका छन् ।
दिल्ली पब्लिक स्कूल वीरगंजको आयोजनामा पुस ४ गतेदेखि १३ गतेसम्म आयोजना भएको विद्यालयस्तरीय प्रतियोगिताको बुधवार सम्पन्न दुई सेमिफाइनल खेलमा विजयी भएर दुवै टीम फाइनलमा प्रतिस्पर्धाको लागि स्थान पक्का गरेका हुन् ।
डिपिएस वीरगंज र सोलाडिरिटीबीच भएको पहिलो सेमिफाइनलमा डिपिएसको शून्यविरुद्ध सोलाडिरिटीले चार गोल अन्तरले डिपिएसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने लोट्स एकेडेमी र सिमरा पब्लिक स्कूलबीच भएको दोस्रो सेमिफाइनलमा शून्यविरुद्ध एक गोलले लोट्स विजयी भएको थियो ।
लोट्सका तर्फबाट दिलकुमार विकले सातौं मिनेटमा एक मात्र गोल गरेका थिए भने सो खेलको उत्कृष्ट खेलाडी पनि उनी घोषित भए ।
त्यसैगरी पहिलो सेमिफाइनलमा डिपिएसविरुद्ध सोलाडिरिटीका निक्सुङ तामाङले ११औं मिनेट, अविनाश वम्जनले १७औं मिनेट, मिलन काफ्लेले २१औं र दिनेश मोक्तानले ४६औं मिनेटमा चार गोल गरे । सो खेलको उत्कृष्ट खेलाडी सोलाडिरिटीका सुजन खत्री भएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads