search

spot_img
spot_img

१५ लाख मूल्य बराबरको मोबाइलसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज १२ पुस । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।
बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङका अनुसार चौधरीले अवैध रुपले भन्सार छलीका मोबाइलहरु लुकाईछिपाई राखेको सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खानतलासी गर्दा चौधरीको घरबाट उक्त मूल्य बराबरको मोबाइल बरामद भएको निमित्त प्रवक्ता गुरुङले जनाए ।
उनको साथबाट विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाईल कभर फेला परेको उनले बताए ।
बरामद सामानसहित पक्राउ परेका चौधरीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads