search

spot_img
spot_img

कमिशन खाएर ऋण प्रवाह गर्ने परिपाटी अन्त्य गर्नुपर्छ– साह

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १२ पुस/
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कमिशन खाएर वाणिज्य बैंकहरूले सर्वसाधारणलाई ऋण दिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् ।
आम जनता पार्टी मधेस प्रदेश कमिटीद्वारा वीरगंजको ओम पार्टी प्यालेसमा आयोजित प्रदेशस्तरीय अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । बैंकहरूले लिने गरेको मनपरी ब्याज फिर्ता गराउन लघुवित्त, सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्न तथा आम जनतालाई सहजरूपमा कर्जा दिलाउने अभिप्रायले आयोजित सो अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले बैंकहरूको नीतिकै कारण जनताले दुःख भोग्नुपरेको बताए । सर्वसाधारण जनता र किसानभन्दा कमिशन दिने र बैंकमा पहुँच भएका ठूलाबडाले मात्र कर्जा पाउँछन्, उनले भने – यो परिपाटीको अन्त्य गर्नुपर्छ । कमिशनमा कर्जा प्रवाह गर्ने जबसम्म परिपाटी अन्त्य हुँदैन तबसम्म हरेक बैंकले निर्धारण गरेको कृषि कर्जा सम्बन्धित किसानले नपाउने उनले बताए ।
नेता साहले बैंकहरूले बेला–बेलामा जथाभावी प्रिमियम शुल्क वृद्धिको बहाना गर्दै ब्याजदर बढाउने र कर्जा नवीकरण शुल्कलगायत शीर्षकमा ऋणीहरूसँग मनपरी शुल्क लिंदा आम जनतामाथि थप आर्थिक भार बढ्दै गएको र ऋणको कारण बिल्लीबाँठ लाग्ने अवस्था सिर्जना भएकोले यसप्रति सरोकारवाला निकाय र राज्य गम्भीर हुनुपर्ने धारणा राखे ।
त्यसैगरी उनले सडकको मोहडा मात्र हेरेर जग्गा धितो राखी ऋण दिनुको सट्टा सडकभन्दा भित्री खेतहरूलाई पनि यथोचित मूल्याङ्कन गरी किसानलाई कृषिकर्जा उपलब्ध गराउनसमेत माग गरे । किसानले कृषिकर्जा लिएर बालीनाली उब्जाउनुपर्ने हो । राम्रो उब्जाउ खेतको मूल्याङ्कन गरेर कर्जा दिनुको साटो सडकविनाको जग्गालाई कर्जा नै नदिने भन्दै सर्वसाधारणलाई बैंकबाट फिर्ता गरी दुःख दिने गरेको समेत उनले आरोप लगाए । त्यसैगरी किसानहरूको लागि बालीनालीमा हुने क्षतिको लागि पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरे । जस्तै एउटा बालीमा एक कट्ठा जग्गामा एक क्विन्टल धान उत्पादन हुनुपर्नेमा कुनै कारणवश विपद आउँदा बालीनाली क्षति भयो भने किसानको लागत पनि सरकारबाट पेन्सनस्वरूप क्षतिपूर्ति पाउनुपर्ने प्रणालीको विकास गरे नेपालमा कृषिकर्मप्रति किसानहरूमा आकर्षण थप्न सकिने बताए ।
आम जनता पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षता एवं पर्सा अध्यक्ष कदम रसूलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेता बाबूराम कौशिक, मनोज गुप्ता, सुनील रौनियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads