search

बालुवा तस्करी गर्ने ५ ट्याक्टर नियन्त्रणमा

पढ्न छुटाउनुभयो ?

बिरूवागुठी १२ पुस/
वीरगंज महानगरपालिका अन्तर्गतको भेडाहा खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा मिलनचोक प्रहरी चौकीले आज बिहान पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले भेडाहा खोलाबाट गिट्टी, बालुवा लोड गरेको अवस्थामा ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र २०३–००१–४७४७ गरी पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएको ट्याक्टर कारबाईको लागि वीरगंज पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक केसरीले बताए ।
भदौ मसान्तदेखि बन्द भएको वीरगंज महानगरपालिका अन्तर्गतको भेडाहा खोला, पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गाही र कर्जनिहा खोलाहरूको ठेक्कामा ढिलाई हुँदा गिट्टी, बालुवाको तस्करीमा वृद्धि भएको र तस्करीको गिट्टी, बालुवा महानगरमा रहेका क्रसर उद्योगहरूले किन्ने गरेको बताइन्छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads