search

spot_img
spot_img

राप्रपा सांसद जाँयसवालको उदघोष–देश राप्रपाले बनाउँछ

spot_img

जनतालाई गोली ठोक्ने सरकारसंग आश राख्नु बेकार

spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,पुस १४
राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद वीण जाँयसवालले राप्रपा नै देशलाई निकास दिने बताएकी छन् । वीरगंज महानगरपालिका वडा नं २१ लिपनीविर्ताको वडा अधिवेशनको अवसरमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । धम्म तराई विश्यना ध्यान केन्द्र नजिकै सञ्चालनमा आएको पिकनिक पार्कमा आयोजित वडा अधिवेशनमा उनले भनिन्,‘ देश जुन बाटोबाट हिडिरहेको छ,यसले जनतालाई सुशासनको प्रत्याभूति हुन सकेको छैन्,भोली देश कता जाला भन्ने बारेमै अन्यौलता छ,राप्रपा मात्रैले देशलाई सही दिशामा लैजान सक्छ ।’ नेपाली राजनीतिमा राप्रपा एउटा प्रबल विकल्प भएकोले अगामि चुनावमा तराई मधेशसंगै देशभरी नै बलियो बनाएर जानु पर्नेमा उनको जोड थियो । उनले काठमाडौंमा भएको झडप र गोली प्रहारबाट दुई जना युवकको मृत्यु भएको कारणले सरकारको चौतर्फी आलोचना भइरहेको चर्चा गर्दै जब सम्म सरकार हाक्ने दलहरु आत्मबाट सचिदैनन् तब सम्म देशको भलो नहुने उनको ठोकुवा थियो । वडा अधिवेशनले ऋषि श्रीवास्तवको अध्यक्षतामा ५५ सदस्यीय वडा एकाई समिति चयन गरेको छ । जसमा उपाध्यक्ष महेन्द्र राउत कुर्मी,सचिव रामएकबाल राउत कुर्मी,कोषाध्यक्ष राजेशप्रसाद कुर्मीलगायत रहेका छन् भने साथै द्रौपदी देवीको अध्यक्षतामा १९ सदस्यीय वडा महिला समिति पनि चयन भएको बताइएको छ । राप्रपा वीरगंज महानगर अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा सम्पन्न अभिवेशनको उदघाटन सत्रमा राप्रपा मधेश प्रदेश कोषाध्यक्ष जगरनाथ राउत कुर्मी,राप्रपा पर्सा उपाध्यक्ष द्वय रामअयोध्या राउत कुर्मी र नीरा झा,जिल्ला कोषध्यक्ष रामेश्वर महतोलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सांसद जयसवालको स्वकीय सचिव पन्नालाल राउत कुर्मीले गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads