search

spot_img
spot_img

डंकीभन्दा सलार कमाईमा अगाडि,विश्वभरबाट सलारले कमायो ५ सय करोड

पढ्न छुटाउनुभयो ?

एजेन्सी
दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘सलार’ले रिलिजको छैटौं दिन बुधबार विश्वभर ५०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा २९७ करोड भारुको व्यापार गरेको छ । विकडेजमा फिल्मको कमाइमा गिरावट आएको देखिन्छ । शाहरुख खानको फिल्म ‘डंकी’ले भारतीय बक्स अफिसमा अहिलेसम्म १५१ करोड भारु कलेक्सन गरेको छ । राजकुमार हिरानी निर्देशित फिल्मले विश्वभर करिब ३१० करोड भारुको व्यापार गरेको छ । ‘डंकी’, ‘सलार’भन्दा एकदिन रिलिज भएको थियो ।
दक्षिण भारतीय फिल्मका व्यापार विश्लेषक रमेश बालाले भने, ‘सलारले तेलुगू र हिन्दीमा राम्रो प्रदर्शन गरिरहेको छ । दर्शकले यो एक्सन फिल्मलाई रुचाइरहेका छन् । मेरो दृष्टिकोणमा हिन्दी बेल्टमा पनि डंकीभन्दा सलार अघि छ । म यो स्क्रिन काउन्टको आधारमा भन्दैछु । तपाईंलाई थाहा हुनुपर्छ कि सलारले डंकीको तुलनामा कम पर्दा पाएको छ ।’ व्यापार विश्लेषक सुमित कँडेल पनि रमेश बालासँग सहमत छन् । उनले भने, ‘सलार र डंकी दुवै फिल्मले एकअर्कालाई हानि पु¥याएका छन् । डंकीले बढी घाटा व्यहोर्नुपरेको छ भन्न सकिन्छ । ठूला सहरमा ‘डंकी’को कलेक्सन ठीकै छ तर साना सहरमा भने सलारभन्दा पछाडि छ ।’

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads