search

spot_img
spot_img

प्रचण्डलाई भेटेका उद्योगीलाई कुलमानले दिए तनाव,कुल २२ उद्योगको लाइन काटियो

पढ्न छुटाउनुभयो ?

काठमाडौं
ट्रंक र डेडिकेटेड लाइनको विवाद मिलाइदिन भन्दै उद्योगीहरूले प्रधानमन्त्री भेटेपछि नेपाल विद्युत् प्राधिकरण थप आक्रामक बनेको छ। प्राधिकरणले थप १३ वटा उद्योगको लाइन काटिदिएको हो। शुक्रबार मात्रै व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए । प्राधिकरणले बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटेको हो। शुक्रबार दिउँसो उद्योगीहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर ट्रंक र डेडिकेटेडलाइनको समस्या समाधान गर्न माग गरेका थिए। उद्योगीहरूलाई दाहालले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिएकाले बक्यौता तिर्नुपर्ने स्पष्ट पारेका थिए। तर नलिएकाहरूले बक्यौता तिर्नु नपर्ने बताएका थिए। यो समस्या समाधानका लागि आवश्यक परे उच्चस्तरीय न्यायिक समिति बनाउन समेत तयार रहेको बताएका थिए।

सोमबारदेखि लाइन जोडिने आशाका साथ उद्योगी प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए। तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजनीतिक नेतृत्वलाई रिझाएर बक्यौता मिलाउन खोजेपछि थप आक्रामक भएर लाइन काटेका हुन्। प्राधिकरणले गएको शुक्रबार १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा कम्पनीको लाइन काटेको थियो। भने आइतबार ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका ५ वटा कम्पनीको लाइट काटेको थियो। अहिलेसम्म प्राधिकरणले २२ वटा कम्पनीको लाइन काटिदिएको छ।

शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिदिएको थियो। यस्तै, आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो। बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैतिरबाट दबाब आएपछि बाध्य भएर बक्यौता उठाउन लाइन काटेको बताएका थिए। उनले सबै निकायले उठाउन निर्देशन दिएकाले लाइन काटेको बताएका थिए।

घिसिङका अनुसार सबै बक्यौता उठाउने स्ट्याण्डका साथ प्राधिकरणले लाइन काट्न थालेको हो। सोही रणनीति अनुसार बिस्तारै सबै लाइन काट्दै जाने योजना प्राधिकरणले बनाएको छ। प्राधिकरणका अनुसार ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएका ६१ वटा कम्पनीले सवा २२ अर्ब रुपैयाँ बक्यौता तिरेका छैनन्। घिसिङले उद्योगीलाई किस्ताको सुविधा लिएर बक्यौता तिर्न र चित्त नबुझे पुनरावेदनमा जान दुई वटा विकल्प समेत दिएका छन्।

कसको कति बक्यौता

प्राधिकरणका अनुसार बाबा जुट मिल्सको ५ करोड ६१ लाख ४९ हजार, निगाले सिमेन्टको १४ करोड २० लाख ८४ हजार रुपैयाँ, त्रिवेणी सिन्थेटिकको १५ करोड ६५ लाख ५७ हजा रुपैयाँ, हिमाल आइरन एण्ड स्टिलको ८ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता छ। यस्तै, जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख २८ हजार , हामा आइरनको ११ करोड ५५ लाख ४६ हजार रुपैयाँ, एभरेस्ट पेपर मिल्सको २१ करोड ३५ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ। कसमस सिमेन्टको ३५ करोड ८१ लाख ९४ हजार रुपैयाँ, शुभश्री अग्नि सिमेन्टको ३८ करोड लाख ३४ हजार, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख ४१ हजार रुपैयाँ, घराना फुड्सको ५ करोड ९२ लाख ९ हजार रुपैयाँ, सिद्धार्थ पेट प्लास्टको ५ करोड २३ लाख ८२ हजार रुपैयाँ र बुटवल सिमेन्टको ३२ करोड ९७ लाख ८३ हजार रुपैयाँ बक्यौता छ।
बिजमान्डूबाट सभार

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads