search

spot_img
spot_img

कोरिया उडाउन भनेका थिए,शव ल्याउन जानुपर्यो

पढ्न छुटाउनुभयो ?

धनगढी,पुस १४
अछामको चौरपाटी गाउँपालिका–१ का झंकर शाह काठमाडौंमा डेरामा बसेर पढ्दै थिए । दुई वर्षपछि भाइ नाता पर्ने चौरपाटीकै वीरेन्द्र शाह कोरियाली भाषा सिक्ने उद्देश्यले उनीसँग बस्न काठमाडौं आए । कोरियाली भाषा सिकिरहेका उनले पानी जहाज बनाउने कामका लागि भाषा दिएको भाषा परीक्षामा नाम निस्केको थिएन । भाषा परीक्षा पास नहुने धेरै साथीहरु कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को ग्वार्कोस्थित कार्यालयमा जाने भएपछि वीरेन्द्र पनि त्यसतर्फ गए ।

झंकरले परिवारलाई बताएअनुसार उनले आन्दोलनमा नजान भन्दा वीरेन्द्रले मानेका थिएनन् । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्र गम्भीर घाइते भए । उनको उपचारका क्रममा पाटन अस्पतालमा शुक्रबार नै मृत्यु भयो । वीरेन्द्रको मृत्युको खबर पाएपछि बुवा टेकबहादुर शाह शुक्रबार नै अछामबाट काठमाडौंतर्फ गएका छन् । दशैं र तिहार मनाउन अछाम आएका वीरेन्द्रले बुबा टेकबहादुरलाई आफू कोरिया जाने बेलामा काठमाडौंमा बिदाइ गर्न आउनुपर्ने बताएका थिए । दुःखद कुरा छोराको कोरिया उडानको मिति पर्खेर बसेका टेकबहादुर वीरेन्द्रको शव लिन काठमाडौं जानुप¥यो ।

‘दशैं सकेर काठमाडौं फर्किने बेला म कोरिया जाने दिन उडाउन आउनुहोला, फोन गरौंला भनेको रहेछ’, टेकबहादुरसँगै रहेका उनका काका बमबहादुर शाहले भने, ‘तर दुर्भाग्य नातीको शव बुझ्न जानुप¥यो ।’ स्थानीय सिउडी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका बमबहादुर नातीको शव बुझ्न टेकबहादुरलाई लिएर काठमाडौँ गइरहेका छन् । अछामबाट रातभरको यात्रा पूरा गरेर धनगढी पुगेका उनीहरु धनगढीबाट विमानमा काठमाडौं गएका छन् । छोराको मृत्युको खबरले भावविह्ल भएका टेकबहादुर भने बोल्न सक्ने अवस्थामा छैनन् । उनी छोरा सम्झिदै घरिघरि मुर्छा पर्छन् । सानै उमेरदेखि भारतमा चौकीदारी गरेका टेकबहादुर प्यारालाइसिसले एउटा हात नचल्ने भएपछि केही महिनाअघि मात्र अछाम फर्किएका थिए । टेकबहादुरका जेठा छोरा पनि परिवारसहित लामो समयदेखि भारतमै छन् । त्यसैले बाबुआमाको भरोसा वीरेन्द्रप्रति थियो र उनीहरु वीरेन्द्रको कोरिया उडानको प्रतीक्षामा थिए ।

चौरपाटीकै सिउडी माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेल्धुराबाट कृषि प्राविधिक (जेटीए) उतीर्ण गरेका थिए । कमजोर आर्थिक अवस्था र स्वदेशमा रोजगारी नपाउने अवस्था देखेपछि काठमाडौं गएर कोरियाली भाषा सिकिरहेका थिए । धनगढीमा व्यवसाय गर्दै आएका नातामा उनका हजुरबुवा पर्ने पुष्प शाह वीरेन्द्र अन्तिम पटक आफ्नो पसलमा बसेर काठमाडौं फर्किएको सम्झना गर्छन् । मिलनसार स्वभावका वीरेन्द्रले बाजे पुष्पलाई कोरिया भाषाको परीक्षा दिन लागेको र चाँडै कोरिया उड्ने सुनाएका थिए ।
अनलाइन खबरबाट सभार

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads