वीरगंज १७ पुस । कलैया पथलैया राजमार्गको पर्सा राष्ट्रिय निकुञ्जको बन क्षेत्रमा यौन व्यापार गर्ने सात जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
घाँस दाउरा लिन गएको जस्तो गरि कलैया–पथलैया सडकखण्डमा पर्ने वन क्षेत्रमा यौन ब्यापार गर्ने महिलाहरूलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिगएको प्रहरी टोलीले ७ जना महिलालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिपबहादुर क्षेत्रीको अनुसार घाँस दाउरा लिन गएको जस्तो गरि राजमार्गको छेउछाउमा बसेर सवारीका साधन चालक, यात्रीहराई बोलाएर महिलाहरूले यौन ब्यापार गर्ने गरेकोले बिगतमा सम्झाइ बुझाई छाडने गरेकोमा अहिले भने अति नै भएपछि पक्राउ गरेर मुद्दा चलाईएको बताउनु भयो ।
क्षेत्रीले सातै जना महिलालाई अदालतमा उपस्थिति गराएर पाच दिनको म्याद लिएको पनि बताउनु भयो ।