वीरगंज २१ पुस । तराईको जिल्लाहरूमा नेपाली नक्कली नोटको कारोबार भैरहेको छ । प्रहरीले केहि नक्कली नोटका् कारोबारीलाई पक्राउ गरे पनि कारोबार भने चलिरहेको छ । रौतहट जिल्लामा १८ लाखभन्दा बढि नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको पटेलचोकमा प्रहरीले सवारीका साधन चेकजाँच गर्दा नक्कली नेपाली नोटसहित एकजना पक्राउ परेका थिए । १८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुर निवासी २५ वर्षीय सन्दिप जैसवाल पक्राउ परेका हुन । तराईको पर्सा बारा रौतहट सिराहा सप्तरी लगाएतकाल भारतसँग सिमाना जोडिएको जिल्लाहरूमा नेपाली एक हजार दरको नक्कली नोट फेला पर्ने गरेको छ ।
Facebook Comments Box