search

spot_img
spot_img

रियल हिरोज र सुपर किंग्स विजयी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ पुस/ परवानीपुर गाउँपालिका–५ बहुअरी, बारामा आयोजित प्रथम बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरू भएको छ ।
डिपिएस स्कूलनजीकको खेलमैदानमा आयोजना भइरहेको साताव्यापी प्रतियोगिताको उद्घाटन जसपा, बाराका नेता सञ्जु साहले गरेका थिए ।
बहुअरी गाउँका ९० जना खेलाडीलाई खरीद गरी १५ जना सम्मिलित छवटा टीम बनाएर प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका खेलाडी सहभागी छन् । स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न खेलाडी खरीद गरेर प्रतियोगिता आयोजना गरेको आयोजक बहुअरी क्रिकेट कमिटीका अध्यक्ष मनोज पटेलले बताए ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा सञ्जु साहको बहुअरी फ्युचर, ललन पटेलको बहुअरी हिरोज, विकास पटेलको बहुअरी सुपर किंग्स, नीरज सिंहको बहुअरी लायन्स, प्रमोद यादवको बहुअरी नाइट राइडर्स, सन्दीप पटेलको रियल टाइगर्स गरी छवटा टीम सहभागी छन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिवार हुनेछ । उद्घाटन खेल बहुअरी रियल टाइगर्स र बहुअरी फ्युचर बीच भएकोमा रियल टाइगर्स विजयी भएको थियो भने दोस्रो खेलमा बहुअरी हिरोजलाई पराजित गर्दै बहुअरी सुपर किंग्स विजयी भएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads