वीरगंज, २४ पुस । शिक्षा–दीक्षा लिएर पनि आज युवाहरू वैदेशिक रोजगारीमा जानु परे तापनि पर्साका एकजना युवक काठमाडौंमा आप्mनो उद्यम गरेर आत्मनिर्भर बनेका छन् ।
उनी हुन् पर्सागढी नगरपालिका–१ मनवाका राजेश चौधरी । विगत ११ वर्षदेखि उनी काठमाडौंको सुन्धरामा वीरगंज थारू भोजनालय होटल सञ्चालन गरी उद्यम गरिरहेका छन् । २०६९ मा स्नातक काठमाडौंबाट पूरा गरी आप्mनै उद्यम गर्ने सोच अनुसार उनले सानो खाजा पसलबाट होटल सञ्चालनमा ल्याए । शुरूमा थारू समुदायको चर्चित परिकारहरू घोङी, सुकुटी, माछामासु, अण्डालगायत परिकारबाट उनले खाजा खुवाउन थाले ।
त्यसपछि बारा, पर्साबाट जाने सर्वसाधारणले काठमाडौंको सुन्धारा क्षेत्रमा मधेसको टिपिकल खानाको स्वादको अभाव रहेको भन्दै खानाको सेवा शुरू गर्न उनलाई सुझाए । त्यसपछि उनले खानाको होटलबाट व्यवसायलाई निरन्तरता दिएका छन् । सुन्धारा क्षेत्रमा रू २३० मा खसीको मासुभात र रू २०० मा कुखुराको मासुभात र रू १८० मा सादा खाना खुवाउने गर्छन् ।
तराई मधेसको स्पाइसी स्वादमा उनको खाना खान यस क्ष्Fेत्रका जनता काठमाडौंको चारतारे होटलमा बसे तापनि खाना खान सुन्धाराको नागस्थानस्थित उनको होटलमा आउने गरेको होटल सञ्चालक चौधरी बताउँछन् ।
११ वर्षमा लगभग दुई करोडको जग्गा उनले खरीद गरेको र पत्नी प्रतिमा चौधरीसँगै होटल सञ्चालन गरिरहेका छन् । दुईजना कामदार राखेर दैनिक तीन सयभन्दा बढी खानासेट बिक्री हुने गरेको उनको भनाइ छ । चुनाव र महाधिवेशनको बेला बारा, पर्साबाट गएका सांसद, प्रदेश सांसद, नगरप्रमुख, अध्यक्ष, नेता, कार्यकर्ताहरूको जमघट भएपछि उनको होटलमा झनै भीड बढ्ने गरेको उनी सम्झिन्छन् ।

Facebook Comments Box