वीरगंज, २४ पुस । मुलुककै प्रमुख भन्सार नाकाको रूपमा चिनिने वीरगंज भन्सार नाका भएर अहिले माछा आयात घट्दो क्रममा छ । पहिले दिनकै २० टन माछा आयात हुँदा अहिले दुई टन मात्र माछा वीरगंज भन्सार नाकाबाट भित्रिरहेको व्यवसायीहरूको भनाइ छ ।
बाँकी १८ टन माछा पर्सा, बाराको खुला सीमाको फाइदा उठाउँदै क्यारियरमार्फत साइकल, मोटरसाइकल, पिकअप भ्यान भएर तस्करीको बाटो भित्रिइरहेको छ । कारण के हो भने चालू आवको साउन १ गतेदेखि लागू हुने गरी आर्थिक ऐन २०८०–८१ को व्यवस्था बमोजिम ताजा वा चीसो पारिएको माछालाई ०३.०३ एचएस कोड (शीर्षक नम्बर) बाट भन्सार विभागले भिœयाउन निर्देशन दिएकोले व्यवसायीहरू एचएस कोडबाट माछा भिœयाउन मानिरहेका छैनन् ।
व्यवसायीहरूले पहिलेकै ०३.०२ एचएस कोडबाट भिœयाउन माग गरेका छन् । किनभने पुरानो एचएस कोडबाट भिœयाउँदा १३ प्रतिशत भ्याट लाग्दैनथ्यो भने भन्सार विभागले अहिले पुरानो एचएस कोडलाई आशिकुडा (भन्सारको सप्mटवेयर)मा ब्लक गरेको छ । अथवा पानीमा कलकलाउँदो ज्यूँदो माछा आयात भयो भने मात्रै सो एचएस कोडलाई भन्सार विभागको अनुमतिमा खुला गरी ज्युँदो माछा जाँचपास गर्न परिपत्र जारी गरेको छ ।
यसरी ०३.०३ एचएस कोडबाट ताजा वा चीसो पारेको माछा भिœयाउँदा नौं प्रतिशत एआरएफ, डेढ प्रतिशत एआइटी र १३ प्रतिशत भ्याट गरी करीब २३.०५ प्रतिशत राजस्व बुझाउनुपर्छ । जस्तैः ४० किलोको एउटा क्यारेट भन्सार नाकाबाट भिœयाउँदा अहिलेको व्यवस्था अनुसार व्यवसायीले २८०० भन्सार नाकामा तिर्नुपर्छ भने क्यारियरबाट तस्करीको माध्यमले सोही ४० किलो माछा भिœयाउँदा अधिकतम १००० खर्च पर्छ । अर्थात् व्यवसायीलाई वैधानिक बाटोबाट माछा भिœयाउनुको सट्टा ग्रे च्यानल अर्थात् अवैधानिक बाटोबाट माछा भिœयाउँदा फाइदा भइरहेको हुँदा भन्सार नाकाबाट माछा नआएको हो ।
साथै बारा, पर्साको सीमानाकामा सुरक्ष्Fार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्य सरोकारवाला निकायको पनि उदासीनताका कारण भारतबाट तस्करी हुने माछा नियन्त्रण गर्न नसक्दा त्यसको प्रत्यक्ष असर वीरगंज भन्सारको राजस्वमाथि पर्न थालेको छ । व्यवसायीहरूका अनुसार वीरगंज नाका भएर पहिलेको तुलनामा ९० प्रतिशत माछा तस्करीको माध्यमले भित्रिंदा वीरगंज भन्सारलाई मासिक करोडौं रुपियाँ घाटा भइरहेको छ । पहिले दैनिक आयातबाट दैनिक १५ लाख राजस्व सङ्कलन हुने गरेकोमा अहिले मुश्किलले दुई–तीन लाख सङ्कलन भइरहेको छ अर्थात् मासिक चार करोडभन्दा बढी राजस्व कम भइरहेको बुझिएको छ ।
यस विषयमा वीरगंज भन्सारका प्रशासक डिलाराम पन्थीले व्यवसायीहरूले ज्युँदो माछा ल्याए ब्लक गरिएको एचएस कोड खोलेर सेवा दिने बताए । उनले नेपाली किसानले उत्पादन गरेको माछाले बजार नपाएकोले आयातित माछा नियन्त्रित गर्ने नेपाल सरकारको नीति अनुसार भन्सार विभागले यस्तो व्यवस्था ल्याएको बतााउँदै माछाको चोरीपैठारीमा अङ्कुश लगाउन सरोकारवाला निकायसँग समन्वय गर्ने बताए । पहिलेको तुलनामा माछा आयात घटे पनि भ्याट तिरेर केही व्यवसायीले माछा ल्याइरहेको बताए पन्थीले बताए । तर व्यवसायीहरूले ०३.०२ एचएस कोड ब्लक गरेर ०३.०३ एचएस कोडमा नेपाल सरकारले जबरजस्ती भ्याट रकम असुल्न यस्तो नीति ल्याउँदा रक्सौल कस्टम एवं कृषि मन्त्रालय मातहतको कृषि सेवा विभागलगायतबाट लिने पत्रमा एचएस कोडमा फरक परिरहेकोले भन्सार नाकाबाट माछा ल्याउन झन्झट भएको कुरा उनले स्पष्ट पारे ।
व्यवसायीहरूले भने ०३.०३ एचएस कोड अन्तर्गत फ्रोजेन फिश शीर्षक लेखिको र माछा फ्रोजेन हो कि ताजा यकीन गर्न निवेदन दिंदा भन्सार कार्यालयको प्राविधिक टोलीले सो गर्न नसकेको आरोप लगाएका छन् ।
अहिले नेपाली व्यवसायीहरूले भारतबाट पङ्गास भारु ७० र रेहु भारु १२० मा माछा खरीद गरी भिœयाए पनि भन्सार नाकामा प्रतिकिलो भारु १७५ को दरमा मूल्याङ्कन हुँदा मर्का परिरहेको छ । माछाको बजार भाउ समय अनुकूल थपघट भइरहने तर भन्सार विभागको असान्दर्भिक नीतिको कारण सदैव एउटै मूल्य लागू हुँदा व्यवसायीले घाटा मात्र बेहोर्ने स्थिति निम्तिने देखिन्छ ।

Facebook Comments Box