वीरगंज, २४ पुस/ औषधि व्यवस्था विभाग वीरगंजले वैद्यनाथ आयुर्वेद कम्पनीको गोदाममा छापामारी गरी मंगलवार औषधि नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा रहेको बैद्यनाथ आयुर्वेद कम्पनीको गोदाममा औषधि व्यवस्था विभाग वीरगंजका निमित्त प्रमुख मुकेन्द्र पञ्जियार नेतृत्वको टोलीले छापामारी गरी १८० कार्टुन औषधि नियन्त्रणमा लिएको हो ।
सो क्रममा हिमालयन सप्लायर्सका व्यवस्थापक महम्मद अतिक अनवरलाई पनि पक्राउ गरिएको थियो । बैद्यनाथ आयुर्वेद भवन पटनाद्वारा उत्पादित औषधि नेपालमा प्रतिबन्ध रहेकोले छापामारी गरिएको पञ्जियारले बताए ।

Facebook Comments Box