search

spot_img
spot_img

हिमालयन डिस्टिलरीको २३औं वार्षिक साधारणसभा, २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ पुस/ वीरगंज–२१ लिपनीबिर्तामा सञ्चालित हिमालयन डिस्टिलरी लि.को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उद्योग परिसरमा आयोजित एक समारोहका बीच सामान्यतर्पm पाँच र विशेषतर्पm छ गरी कुल ११ वटा बुँदागत प्रस्ताव पारित गर्दै आव २०७९/८० को साधारणसभा सम्पन्न भएको हो ।
रु तीन अर्ब अधिकतम पूँजी रहेको कम्पनीको कुल चुक्तापूँजी रु दुई अर्ब ६७ करोड २५ लाख २३ हजार ३१५ पु-याउने प्रस्ताव पनि स्वीकृत भएको छ ।
गत आवमा कम्पनीले बिक्रीबाट रु दुई अर्ब ९७ करोड पाँच लाख १३ हजार ५९५ खुद आम्दानी गरेकोमा रु दुई अर्ब ३० करोड ९९ लाख ८९ हजार ७६५ कुल खर्च गरेको थियो । कम्पनीले सो आवमा खुद मुनाफा ६६ करोड पाँच लाख २३ हजार ८३० गरेको जनाएको छ ।
मुनाफाबाट १० प्रतिशत अर्थात् रु २४ करोड २९ लाख ५६ हजार ६६५ बराबरको बोनस, शेयर र नगद लाभांशतर्पm १५ प्रतिशत अर्थात् रु ३६ करोड ४४ लाख ३४ हजार लाभांश करसहित शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने साधारणसभाले प्रस्ताव पारित गरेको छ ।
दुई करोड ६७ लाख २५ हजार २३३.१५ कित्ता शेयर पु¥याउने प्रस्ताव पारित भएकोमा आजको साधारणसभामा सभाको स्वयं तथा प्रतिनिधिमार्पmत शेयरसङ्ख्याको ७० प्रतिशत प्रतिनिधित्व भएको जनाइएको थियो । सभामा ३५ जनाभन्दा बढी शेयरधनीहरूको सहभागिता थियो ।
यसैगरी कम्पनीले चालू आवको साउनदेखि असोज मसान्तसम्म प्रथम त्रैमासिकमा खुद बिक्री रु ४९ करोड ३१ लाख नौं हजार ४८ गरेको छ भने खुद मुनाफा १० करोड ५१ लाख ९९ हजार ३९४ गरेको छ ।
आव २०७८/७९ मा यस कम्पनीले ७० प्रतिशत लाभांश वितरण गरेको थियो । सो वर्ष ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसबेला कम्पनीले एक अर्ब पाँच करोड खुद मुनाफा गरेको थियो । तर यस वर्ष खुद मुनाफा ६६ करोड पाँच लाख २३ हजार ८३० मात्र भएकोले लाभांशको प्रतिशत कम हुन गएको बुझिएको छ ।
हिमालयन डिस्टिलरी कम्पनीले तीन–चार वर्ष अगि कृषि तथा कृषिक्षेत्रमा हिमालयन मल्टिएग्रो र हिमालयन फिसरी भन्ने दुईवटा सहायक कम्पनी दर्ता गरेर आर्थिक मन्दीबाट देश गुज्रिरहेकोले त्यसको सञ्चालनमा लगानी नथपिएको जनाएको छ ।
हिमालयन डिस्टिलरीका सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहको अध्यक्षता एवं कम्पनी सचिव निशा निरौलाको सहजीकरणमा भएको साधारणसभामा सञ्चालक शङ्करराज पाण्डे, स्वतन्त्र सञ्चालक प्रकाशमणि घिमिरे, सञ्चालक सन्टु श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरज सुवेदी, लेखा परीक्ष्Fक जी पौड्याल एन्ड एसोसिएट्सका प्रतिनिधि, परिपालना अधिकृत नेत्रप्रसाद तिमल्सिना, कारखाना प्रबन्धक नवीन उपाध्याय, व्यवस्थापन पक्ष, कर्मचारी, श्रमिकलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads