search

spot_img
spot_img

पृथ्वी जयन्ती मनाउने क्रममा राजावादी र राप्रपाबीच विवाद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ पुस । वीरगंजमा ३०२ औँ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा विवाद भएको छ । वीरगंजमा घण्टाघरमा ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राखिएको कार्यक्रममा ‘ब्यानर’ राख्ने विषयमा राजावादीहरूबिच नै विवाद भएको हो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुर्ई पक्षबिच भनाभन भएको थियो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर राख्दा भनाभन भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जनाए । तर केही बेरमै विवाद फेरि सुल्झाइएको उनले सुनाए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति पर्साको अगुवाइमा पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी दिवस मनाएको बताइएको छ । जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा पृथ्वी नारायण शाहको योगदानवारे चर्चा गरेका थिए । उनीहरूले पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा ठुलो भूमिका खेलेको स्मरण गरे ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads