search

spot_img
spot_img

रौतहटमा बेलुकी ८ बजेपछि मदिरा बिक्री बन्द

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रौतहट । रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बेलुकी ८ बजेपछि मदिरा बिक्री वितरण नगर्न र मदिरा पसल बन्द गर्न निर्देशन दिएका छन्। त्यसै गरी सम्पूर्ण मदिरा पसल दिउँसो १२ बजे पछि मात्र खोल्न पाउने गरी व्यवस्था मिलाउन एसपी श्रेष्ठले प्रहरीलाई निर्देशन दिएका हुन्।
इलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गणमा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रमका प्रमुख अतिथि एसपी श्रेष्ठले देशको कर्णधार बालबालिकाको उज्ज्वल भविष्यको लागि अभिभावक स्वयं पनि आआफ्नो छोरा छोरीको निगरानी गर्नुपर्ने बिचार राखेका थिए। पछिल्लो समय कटहरिया क्षेत्रमा अत्यधिक बालबालिका लागूऔषध गाँजाको प्रयोग गरिरहेको प्रति चिन्ता व्यक्त गर्दै नियन्त्रणको लागि प्रहरीलाई निर्देशन दिएका थिए। उनले महिला हिंसाका घटना बढिरहेकाले जाहेरी आएमा कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए। एसपी श्रेष्ठले आफ्नो कार्यकालमा कम्तीमा जिल्लाको ८० स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने लक्ष्य रहेको जानकारी दिए।
शनिबार सम्पन्न सार्वजनिक सुनवाइ कार्यक्रममा श्रेष्ठ, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनाल, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव, पूर्व मेयर सियाराम कुशवाहा, वडा अध्यक्षहरू सर्फलाल गुप्ता, श्यामा कान्त यादव, समिस विक्रम साह, रुपेश यादव, व्यापारी नसरुदिन अन्सारी, कांग्रेस नेता वाल्मीकि यादव, उमेश यादव, जग्गाधनी उमाशंकर साह,लगायतको सहभागिता रहेको थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads