search

spot_img
spot_img

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ माघ । मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
आइतवार बिहान वीरगंज महानगरपालिका वडा नम्बर–१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यमाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुदाँ त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्युु भएको थियो ।
मृतक दुवै जना वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नेशनल मेडिकल कलेजमा अध्यनरत बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीको भनाई छ।
भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटना वारे थप अनुसन्धानका भइरहेको उनले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads