search

spot_img
spot_img

रोजगारको नाममा ठग्नेहरूको सङ्ख्या बढ्दै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज / रोजगारको लागि विदेशिने युवाहरू ठगिने, हराउने तथा ज्यान गुमाउनेहरूको सङ्ख्या पर्सामा बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ । अधिकांश युवायुवती एजेन्ट तथा म्यानपावर कम्पनीबाट बेपत्ता पारिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा रहेको आप्रवासी स्रोत केन्द्र, पर्साले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० साउनदेखि पुस मसान्तसम्म छ महीना अवधिमा वैदेशिक रोजगारमा गएका ६९ जना युवायुवती ठगिएका छन् भने गत आर्थिक वर्ष २०७९/८० मा १३४ जनाले आफू ठगिएको भन्दै उजूरी दर्ता गराएका थिए ।
वैदेशिक रोजगारमा जानको लागि स्रोत केन्द्रले राहदानी पहिचान, ठगिनुबाट कसरी बच्ने तथा अलपत्रमा परेकाहरूलाई परिवारको सम्पर्कमा ल्याउने, दोषीलाई कानूनी दायरामा ल्याउने जस्ता काम गरिरहेको छ । सो केन्द्रका अनुसार गत आवमा छ हजार ८६० जना युवा वैदेशिक रोजगारमा गएका थिए । चालू आवको साउनदेखि पुससम्म तीन हजार १६५ जनाले राहदानी बनाइसकेका र अधिकांश वैदेशिक रोजगारमा जाने तयारीमा छन् ।
सो केन्द्रका अनुसार साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारको क्रममा पर्साका बेपत्ता र ठगिएका ६९ जनाका परिवारले केन्द्रमा उजूरी दर्ता गराएका छन् । सोमध्ये विदेशमा पाँचजनाको मृत्यु भएको छ भने केहीलाई स्रोत केन्द्रले क्षतिपूर्ति उपलब्ध गराइसकेको छ ।
केन्द्रका अनुसार पर्साबाट स्थानीय ठगहरूको प्रलोभनमा परी मोटो रकम दिएर वैदेशिक रोजगारमा जाने गरेकाहरू विदेशमा भनिए अनुसारको काम नपाउने गरेका र कतिपय घटनामा वैदेशिक रोजगारमा पठाउने भनी रकम ठगी गरेका उजूरीहरू पनि पर्ने गरेको छ । त्यस्ता उजूरीमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा समस्या समाधान भइरहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार वैदेशिक रोजगारमा गएका र तिनीहरूका परिवारले ठगहरूविरुद्ध दिएका उजूरीमा पटेर्वासुगौली गापा–३ सोनवर्षा निवासी अर्जुन महतो थारू र श्रीरामराउत थारूले सोही स्थानका नरेन्द्र गिरीविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।
वीरगंज महानगरपालिका–१० पानीटङ्की निवासी महमद नसीम देवानले सोही वडा निवासी समना खातुनविरुद्ध ठगी मुद्दा दिएका छन् भने कलैया उमनपा–११ निवासी अफरोज अन्सारीले वीरगंज मनपा–३ छपकैया निवासी रियाज मियाँविरुद्ध, कलैया उपमहानगर–२६ महेशपुर निवासी लाल हुसेन मियाँ, प्युठान राजबारे गापा निवासी आले मगर, कलैया उपमनपा–२६ महेशपुर निवासी शिवनाथ राउतले वीरगंज महानगर–२४ रामगढवा निवासी धीरज चौधरीविरुद्ध ठगी मुद्दा दायर गराएका छन् । वीमनपा–२७ निवासी किशोरी महतो, मनु महतो नुनियाले वीमनपा–२७ उदयपुरघुर्मी निवासी मोहन महतोविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् । वीमनपा–८ पानीटङ्कीका महेश महर्जनले वीमनपा–१२ मुर्ली निवासी सरोजकुमार साह, पटेर्वासुगौली गापा–५ निचुटा निवासी भिखारी देवानले वीमनपा–२० रतनपुर निवासी अख्तर मियाँ अन्सारी, पर्सागढी नपा–५ पचरुखी निवासी सोस्तम मियाँले वीमनपा–३ छपकैया निवासी रेयाज अन्सारीविरुद्ध मुद्दा दर्ता गराएका छन् ।
यसैगरी, कलैया उमनपा–७ निवासी कासिम अन्सारीले वीमनपा–२९ अख्तर मियाँ, वीमनपा–२७ अठराहा निवासी माधोप्रसाद पटेलेले सोही वडा निवासी हर्षनारायण आर्य, बहुदरमाई नपा–७ फूलकवल निवासी रामसागर यादवले सखुवाप्रसौनी गापा–६ लखनपुर निवासी योगेन्द्र ठाकुर हजामविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।
सखुवाप्रसौनी गापा–२ निवासी दिलीपराय भरले सोही गापा सखुनिया निवासी सराजुल मियाँ धोबी, पर्सागढी नपा–४ हरदासपुर निवासी हरेन्द्रप्रसाद पटेलले वीमनपा, सुगौलीका राजेन्द्रराउत कुर्मी तथा पर्सागढी नपा–१ मनवा निवासी बह्मदेव महतोविरुद्ध, सखुवाप्रसौनी गापा–२ राजाबाबू पञ्जियार र पटेर्वासुगौली गापा–५ निवासी विशाल दास थारूले जीराभवानी गापा–४ गणेशमहतो थारूविरुद्ध, कालिकामाई गापा–२ भेडियारी निवासी दुर्याेधन साह कानूले सोही गापाका जीतेन्द्र प्रसाद र रामबाबूसाह गोढविरुद्ध, कलैया उपमहानगरपालिका–२३ निवासी अशोककुमार साह र कृष्णसाह कानूले बहुदरमाई नपा–५ निवासी सुरेश महतो धानुक, पर्सागढी नपा–४ निवासी उपेन्द्र महतो ओझैया र दीपक रामले सखुवाप्रसौनी निवासी जीतेन्द्र ठाकुरविरुद्ध, कलैया उमनपा–२६ महेशपुर निवासी कृष्णसाह कलवारले वीमनपा–२४ रामगढवा निवासी धीरज चौधरीविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् । यसैगरी, सखुवाप्रसौनी गापा–२ निवासी रामचन्द्र चौधरी थारू बेपत्ता पारिएको उजूरी परेको छ ।
यसैगरी, पकहामैनपुर गापा–४ भेलहा निवासी रामबाबू साहले सोही वडा निवासी सरोजकुमार पटेलविरुद्ध, पोखरिया नपा–३ वसन्तपुर निवासी आकाशकुमार कलवारले वीमनपा–११ श्रीपुर महमद आलमविरुद्ध र बाराको फेटा गापा–१ भरवलिया निवासी रामबाबूसाह कानूले बहुदरमाई–१ निवासी चोकट सहनीविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।
उजूरी परेकाहरूलाई बारम्बार ताकेता गरिएको तर उनीहरू सम्पर्कमा नआएका जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads