search

spot_img
spot_img

जरिवाना माफ गरेपछि यातायात व्यवस्था कार्यालयहरुको राजस्वमा वृद्धि

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ माघ/ मधेस प्रदेश सरकारले चालू आव २०८०/८१ को लागि सवारी साधनको नवीकरणमा जरिवाना माफ गरेपछि यातायात व्यवस्था कार्यालयहरुको राजस्वमा वृद्धि भएको छ ।
जति वर्ष कर फेल भएको सवारी साधनको नवीकरण गराउँदा जरिवाना नलाग्ने नीति प्रदेश सरकारले लिएपछि यातायात व्यवस्था कार्यालय, वीरगंजको राजस्व वृद्धि भएको हो । चालू आव २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म यातायात व्यवस्था कार्यालय, वीरगंजले ७३ करोड ५८ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ । चालू आवमा यातायात व्यवस्था कार्यालय, वीरगंजको सवारी शाखा र लाइसेन्स शाखा मर्ज भएर सञ्चालनमा आएको हो ।
गत आवको यही समीक्ष्Fा अवधिमा मात्र सवारी शाखाको राजस्व ५८ करोड ४४ लाख २७ हजार मात्र थियो । पोहोरलगायत केही पछिल्ला वर्षको तथ्याङ्क हेर्दा यातायात व्यवस्था कार्यालय, वीरगंजको सवारी शाखाको राजस्व सङ्कलनको हालको रकमको ८० प्रतिशत सवारी शाखाको हिस्सा हुन्छ भने २० प्रतिशत मात्र लाइसेन्स शाखाको राजस्व सङ्कलन भएको कार्यालयका कम्प्युटर अपरेटर सञ्जय पटेलले बताए ।
उनका अनुसार लाइसेन्स शाखा अन्तर्गत पहिले नयाँ लाइसेन्स नवीकरण, वर्ग थपलगायतको काम हुँदै आएको थियो भने सवारी शाखाबाट कर तिर्ने, नवीकरण, नामसारी, प्रतिलिपि, भाडाको गाडीको हरेक वर्ष प्रFविधिक चेकजाँच (जाँचपास) र रोडपरमिटलगायतको काम हुन्छ । तर अहिले दुवै कार्यालय मर्ज भएपछि यी सबै सेवाहरु संयुक्तरुपमा उपलब्ध गराइएको छ । अहिले यातायात व्यवस्था कार्यालयको दुवै शाखा गरी एक हजारभन्दा बढी सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन भने ५०–५५ लाख दैनिक राजस्व सङ्कलन हुने गरेको कार्यालय प्रमुख उमेश रेग्मीले बताए ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजले गत आव २०७९/८० मा कुल एक अर्ब १९ करोड ४८ लाख १४ हजार राजस्व सङ्कलन गरेको थियो भने यस वर्ष सोभन्दा १५ प्रतिशत बढी वृद्धि हुने अनुमान गरिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads