वीरगंज, १२ माघ । भारतीय राजदूतावास काठमाडौंले भारतको ७५ औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा वहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गर्नुभयो ।
तत्पश्चात कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेका सम्बोधन भिडियोमार्पmत प्रस्तुत गरियो । माननीय राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन वारे चर्चा गर्नुभयो ।
कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरू. ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो । सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्यगरिएको थियो ।
राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरूलाई पुस्तक उपहारस्वरूप प्रदान गर्नुभयो । दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई नेरू. १९ लाख बराबरको पुस्तक उपहारस्वरूप वितरण गर्ने बताउनुभयो ।
कार्यक्रममा दूतावासको स्वामी विवेकाननद सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्पmत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Facebook Comments Box