search

spot_img
spot_img

वीरगंजमा शनिवार प्रधानमन्त्री प्रचण्ड र पूर्वराजा आउँदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ माघ । वीरगंजमा शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएका छन् ।
प्रेस सेन्टर नेपालको भोलीदेखि तीन दिने बैठक एवं स्थापना दिवस बीरगञ्जमा हुने भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुने बताइन्छ ।
राष्ट्रिय परिषद् बैठक एवम २० औं स्थापना दिवसको कार्यक्रम भोलीदेखि बीरगञ्जमा शुरू हुने प्रेस सेन्टरले जनाएको छ । कार्यक्रममा देशभरिबाट ५ सयको हाराहारीमा प्रेस सेन्टरका प्रतिनिधिहरूको सहभागीता रहने आयोजक संस्थाका गोविन्द देवकोटाले जनाए ।कार्यक्रमको अन्तिम दिन अर्थात १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुनेछन् ।
यसैगरी सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेतको समेत सहभागी हुने कार्यक्रम तय भएको प्रेस सेन्टरले जनाएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा भइरहेको कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा कार्यक्रम हुने भनिएको छ ।
योसंगै प्रेस सेन्टर नेपालले बीरगञ्जमा १५ गते विहानै प्रभात फेरिको कार्यक्रम राखिएको प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले बताए ।
यसैगरी माघ १३ गते हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन वीरगंजमा हुने भएको छ । वीरगंजमा विभिन्न संघसंस्थाले कार्यक्रम गरेर नागरिक अभिनन्दन गर्दैछन। गत मंगलवार वीरगंजमा पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दन मुल समारोह समितिले पूर्वराजा शाहको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन सार्वजनिक आहवान गरेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads