स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पदमुक्त

काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गरेको छ। गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
यसअघि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यसअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए। तर सो निर्णय विरुद्ध डा. बसौला १७ कात्तिकमा सर्बोच्च अदालत गए।
सर्बोच्चले ६ पुसमा निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। सो निर्णय लिएर डा. बसौला ८ पुस देखि पुन काममा फर्किएका थिए।
सम्बन्धित पोस्टहरुः