search

spot_img
spot_img

कलेजको लापारवाहीले विद्यार्थीको ज्यान गएको आरोप

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, माघ १८, २०८० / यही माघ ७ गते सवारी दुर्घटनामा परी मृत्यु भएका दुईजना विद्यार्थीको सत्यतथ्य छानबीन गर्न परिवारजनले माग गरेका छन् । नेशनल मेडिकल कलेज प्रशासनको लापरवाहीका कारण विद्यार्थीहरूको अकालमा मृत्यु भएको परिवारजनको आरोप छ ।
कमजोर सुरक्षा व्यवस्थाका कारण उनीहरू अबेर राति कलेजबाट अर्काको मोटरसाइकल लिएर निस्केको र मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको परिवारजनले बताएका छन् । बारा, सुवर्ण गापा–४ हर्दिया घर भई नेशनल मेडिकलको बिडिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय सन्दीप यादव र धनुषा, सबैला–५ घर भई एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र सुमित यादवको कलेजको लापारवाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनीहरू अबेर राति बाहिर निस्केको र सोही क्रममा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भन्दै कलेज प्रशासनले कडाइ गरेको भए राति होस्टेलबाट उनीहरू निस्कनै नपाउने र घटना नहुने तर्क गरेका छन् ।
परिवारजनले जिल्ला प्रहरी कार्यालय, पर्सामा किटानी जाहेरी दिएका छन् तर सो जाहेरी अहिलेसम्म दर्ता भने गरिएको छैन । मृतक सन्दीप यादवका काका प्रमोद यादवले घटना भएको भोलिपल्ट नै कलेज प्रशासनलाई विपक्षी बनाएर ज्यानसम्बन्धी जाहेरी प्रहरीमा दिएको तर प्रहरी अधिकारीहरूले दुघर्टनाको घटना भएकोले सोही बमोजिम जाहेरी नल्याएको भनेर अहिलेसम्म दर्ता गर्न नमानेको बताए ।
उनले प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्ने आश्वासनमा शव बुझेर अन्तिम संस्कार गरिएको तर अहिले घटनाको एक साता बितिसक्दा पनि प्रहरी र कलेज प्रशासनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगरेको भरेर दुःखेसो पोखे । उनले कलेज प्रशासनको कमजोरी भएकोले घटनाका दोषीलाई प्रहरीले कानूनी दायरामा ल्याउन नचाहेको आरोप पनि लगाए ।
नेशनल मेडिकल कलेजका प्रिन्सिपल डा केएन सिंहले होस्टेल प्रमुख मनीषकुमार सिंह र सो दिनका सुरक्षागार्ड प्रमुख आजम अन्सारीसँग स्पष्टीकरण सोधेको बताए । उनले दुईजना विद्यार्थी रातिको समयमा बाइक लिएर निस्किंदा सुरक्षागार्डले रोकेको तर जरुरी काम छ भनेर जबरजस्ती बाहिर निस्केको बताएका छन् ।
उनले घटनापछि राति नौ बजेपछि होस्टेलबाहिर निस्कन निषेध गरिएको बताएका छन् । दुईजना विद्यार्थीको सत्यतथ्य छानबीन गर्न परिवारजनले माग गरेका छन् । नेशनल मेडिकल कलेज प्रशासनको लापरवाहीका कारण विद्यार्थीहरूको अकालमा मृत्यु भएको परिवारजनको आरोप छ ।
कमजोर सुरक्षा व्यवस्थाका कारण उनीहरू अबेर राति कलेजबाट अर्काको मोटरसाइकल लिएर निस्केको र मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको परिवारजनले बताएका छन् । बारा, सुवर्ण गापा–४ हर्दिया घर भई नेशनल मेडिकलको बिडिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय सन्दीप यादव र धनुषा, सबैला–५ घर भई एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र सुमित यादवको कलेजको लापरवाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनीहरू अबेर राति बाहिर निस्केको र सोही क्रममा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भन्दै कलेज प्रशासनले कडाइ गरेको भए राति होस्टेलबाट उनीहरू निस्कनै नपाउने र घटना नहुने तर्क गरेका छन् ।
परिवारजनले जिल्ला प्रहरी कार्यालय, पर्सामा किटानी जाहेरी दिएका छन् तर सो जाहेरी अहिलेसम्म दर्ता भने गरिएको छैन । मृतक सन्दीप यादवका काका प्रमोद यादवले घटना भएको भोलिपल्ट नै कलेज प्रशासनलाई विपक्षी बनाएर ज्यानसम्बन्धी जाहेरी प्रहरीमा दिएको तर प्रहरी अधिकारीहरूले दुघर्टनाको घटना भएकोले सोही बमोजिम जाहेरी नल्याएको भनेर अहिलेसम्म दर्ता गर्न नमानेको बताए ।
उनले प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने आश्वासनमा शव बुझेर अन्तिम संस्कार गरिएको तर अहिले घटनाको एक साता बितिसक्दा पनि प्रहरी र कलेज प्रशासनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगरेको भनी दुःखेसो पोखे । उनले कलेज प्रशासनको कमजोरी भएकोले घटनाका दोषीलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन नचाहेको आरोप पनि लगाए ।
नेशनल मेडिकल कलेजका प्रिन्सिपल डा केएन सिंहले होस्टेल प्रमुख मनीषकुमार सिंह र सो दिनका सुरक्षागार्ड प्रमुख आजम अन्सारीसँग स्पष्टीकरण सोधेको बताए । उनले दुईजना विद्यार्थी रातिको समयमा बाइक लिएर निस्किंदा सुरक्षा गार्डले रोकेको तर जरुरी काम छ भनेर जबरजस्ती बाहिर निस्केको बताएका छन् ।
उनले घटनापछि राति नौ बजेपछि होस्टेलबाहिर निस्कन निषेध गरिएको बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads