search

spot_img
spot_img

जिल्ला उचाङ्गल मावि हाजिरीजवाफमा अब्बल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २० माघ/
पर्साको ग्रामीण भेगका सरकारी विद्यालयहरूमध्ये जिल्ला उचाङ्गल रामदेव प्रसाद कलवार मावि पोखरिया हाजिरी जवाफ प्रतियोगितामा अब्बल देखिएको छ।
प्रभा स्टडी एन्ड इजुकेशन रिसर्च सेन्टर वीरगंजको आयोजना र श्री अजीज मियाँ मावि धोबिनीको सहयोगमा आयोजित ग्रामीण भेगको विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माविले प्रथम स्थान ल्याएको छ। अजीज मियाँ मावि परिसरमा शनिवार आयोजना भएको सो प्रतियोगितामा कालीप्रसाद लाखे मावि लंगडी दोस्रो र अजीज मियाँ मावि धोबिनी तेस्रो भएका छन्।
१६ वटा विद्यालयलाई तीन चरण गर्दै कुल १२० प्रश्न सोधिएको थियो। प्रथम स्थान ल्याएको पोखरिया माविले नगद रु सात हजार, दोस्रो लंगडी माविले रु ३ हजार र तेस्रो अजीज मियाँ मावि धोबिनीले रु २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा कन्य ा मावि बिरञ्चीबर्वा, नेरामावि सुगौली, मङ्गल मावि भिस्वा, नेरामावि सेढवा, नेरामावि मसिहानी, देवनन्दन देवराज मावि रामनगरी, बितोमहतो मावि नौकाटोला, नेरामावि भिखमपुर, झौवा मावि, महुवन मावि,कटकुहिया बसनपुर मावि, देउरबाना मावि, भेडिहारी माविका छात्रछात्राहरूको सहभागिता थियो। हरेक विद्यालयबाट दुई विद्यार्थी र एकजना शिक्षक सहभागी रहेका अजीज मियाँ मावि धोबिनीका प्रअ जितेन्द्र रामले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads