पटेलनगरमा कहरथुवा बाबाको बिटोर

परवानीपुर,२० माघ/
वीरगंज–२१ पटेलनगरमा कहरथुवा बाबाहरूको तीर्थयात्राको क्रममा बिटोर आयोजना गरिएको छ। स्थानीय भोज साह कलवारको सक्रियतामा बिटोर आयोजना भएको जनाइएको छ। बिटोरको अवसरमा आज गाउँमा २४ घण्टे अष्टयाम पूजा पनि आयोजना गरिएको छ।
बिटोरमा रहरियाडिह कफिलाका सयौ बाबाहरू काँवरसहित सहभागी भएका छन्। हरेक वर्ष मध्य तराईका जिल्लाबाट विभिन्न काफिलाबाट नेपाल र भारतको पवित्र नदीबाट जल भरेर बिहारको अरेराजस्थित शिव मन्दिर र नेपालको रामभौरीभाथा र बाराको सहजनाथ शिव मन्दिरलगायतमा जलाभिषेक गर्ने परम्परा रहेको छ।
सम्बन्धित पोस्टहरुः