search

spot_img
spot_img

जिम्मेवारी इमानदारिताका साथ गर्ने हो भने मात्र देश सुधार उन्मुख हुने – गगन थापा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० माघ/
नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सबैजनाले आप्mनो जिम्मेवारी इमानदारिताका साथ गर्ने हो भने मात्र देश सुधार उन्मुख हुने बताएका छन्।
वीरगंजबाट प्रकाशित अङ्कुश दैनिकको रजत महोत्सव समारोह कार्यक्रममा बोल्दै उनले एकले अर्कालाई आरोप लगाउने, जिम्मेवारीका कुरा पूरा नगर्ने प्रवृत्ति बढेर देशमा विकृति मौलाएको बताए। व्यापारीले नेता चोर, कर्मचारीले व्यापारी चोर, नेताले कर्मचारी चोरजस्ता आरोप–प्रत्यारोपले गर्दा आम मानिसको बुझाइमा सबै चोर भन्ने भान पर्न गएको भन्दै सबै पेशामा लागेकाहरू आप्mनो पेशाप्रति वफादार नभएको परिणाम पत्रकारिता जगतले पनि आरोप बेहोर्नुपरेको बताए। उनले कुनै पनि दल विशेषमा लाग्दैमा ऊ खराब हुने होइन। दलमा बसेर पनि राम्रा कामहरू गर्न सकिन्छ। यो कुरा अहिले आपूmले झापाबाट शुरू गरेको ‘समुदायमा जाऔं, नागरिकका कुरा सुनौं’ भन्ने अभियानको क्रममा बुझेको बताए। उनले नेपाली काङ्ग्रेसमा लागेका थुप्रै मानिस विभिन्न पेशामा लागेर राम्रा काम गर्दै आएका छन्। कोही किसानको रूपमा, कोही कर्मचारी, व्यवसायी आदि इत्यादि भएर राम्रा काम गरेका तर उनीहरू पार्टी विशेषका कारण ओझलमा परेको बताए।
महामन्त्री थापाले पत्रकारितामा अहिले समस्या आएको तर त्यो समस्याको समाधान नै नभएको होइन। प्रिन्ट लाइनका पत्रिकाहरूको अवसर छैन भन्नु गलत भएको भन्दै उनले विद्युतीय माध्यमका अनलाइनहरूबाट हेडलाइन आकर्षक गर्ने र पाठकलाई झुक्याउने काम भइरहेको बताए। विद्युतीय माध्यमबाट सञ्चालित सञ्चारमाध्यमहरूले पाठकले हेडलाइन मात्र पठ्ने सोच विकसित गरेर आकर्षक हेडलाइन दिने होडबाजीमा रहेको भन्दै प्रिन्टलाइनका सञ्चारमाध्यमहरूले जनउपयोगी समाचारहरूलाई प्राथमिकता दिने हो भने वर्तमान र भविष्य दुवै राम्रो भएको चर्चा गरे।
उनले गठबन्धनमा सल्लाह गरेर बसेको र यसको जसअपजसको भागिदारी नेकाले पनि लिन तयार भएको बताए। सर्वत्र बिगारको कुरा गरिंदै आएको भन्दै उनले बिग्रेको कुरालाई सुधार गर्ने जिम्मेवारी पनि काङ्ग्रेसले लिने बताए। गर्छौ र हुन्छ भन्ने हेक्काका साथ काङ्ग्रेस अगाडी बढ्ने र त्यसका लागि ०८४ नकुर्ने बताए। महामन्त्री थापाले देशमा भएको संविधान, कानूनको पालना सही रूपमा नभएको कारण मानिसमा सानालाई ऐन, ठूलालाई चैन पर्न गएको हुँदा कानून सबैका लागि बराबर हो भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने बताए। विभिन्न राजनीतिक दलको आडमा अपराध लुकाउन नहुने उनको तर्क थियो।
जसपाका प्रमुख सचेतक एवं सांसद प्रदीप यादवले पत्रकारितामा विकृति मौलाएको र पत्रकारहरू स्वतन्त्र नरहेको आरोप लगाए। उनले आप्mनो पार्टीसँग आबद्ध पत्रकार सङ्गठन भए पनि पत्रकारहरू पार्टी विशेषको सदस्य भएको कारण सही समाचार बाहिर आउन नसकेको बताए। अहिले प्राय ः पत्रकारहरू निर्देशित भएका र दबाब अनि आग्रहमा परेर समाचार प्रकाशित गरिरहेको आरोप लगाए। उनले पत्रकारिता स्वतन्त्र हुनुपर्ने र यसैबाट पत्रकारहरूको मान बढने तर्क गरे। अहिले विद्युतीय समाचार माध्यमहरूका कारण छापा माध्यमको पत्रकारिता सङ्कटमा परेको उनले बताए।
अङ्कुश दैनिकका प्रधानसम्पादक दीपेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका सांसद अजय चौरसिया, केन्द्रीय सदस्य अजयबाबू शिवाकोटी, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, पत्रकार कबीर राणालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सदस्य केसी लामिछानेले स्वागत र पत्रकार माधुरी महतोले सहजीकरण गरेकी थिइन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads