search

spot_img
spot_img

विटोरमा दउरवा नाचको आकर्षण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ माघ । अहिले मध्य तराईका गाउँघरमा कहरथुवा बाबाहरूको विटोर आयोजना भइरहेको छ । पर्सा र बाराका विभिन्न गाउँका बाबाहरूको छुट्टाछुट्टै काफिला (समूह) छ ।
उनीहरू एक महीनादेखि विभिन्न गाउँका विटोरमा सहभागी भइरहेका छन् । रहरिया डिह काफिलाले गत माघ ११ गतेदेखि आफ्नो विटोर यात्रा शुभारम्भ गरेको थियो । बाराको भलुहीबाट शुरू भएको यात्रा एकवनिया, भरवलिया, रामपुर, मुसहरी, ताजपुर, मुसैली, पटेलनगर, सुखचैनासम्म पुगेको छ । करप्ब ४१५ कहरथुवा बाबाहरू सोमवार पटेलनगरबाट सुखचैनाको विटोरमा पुगेका छन् ।
आज बिहान ४ देखि दिउँसो २ बजेसम्म विटोरमा दउरवाको नाच प्रदर्शन भएको थियो । यो नाच बारा, बोधवनको हो । थारू कलाकारहरूको वर्चस्व रहेको सो नाचले शिवविवाहको कथा प्रदर्शन गर्छ । नाचको क्रममा बाँसको दउराले हाँस्य कलाकारलाई पिट्ने चलन छ । जसको कारण उक्त नाच दउरवाको नाच भनेर लोकप्रिय छ ।
गाउँलेका अरू नाच राति शुरू भई बिहान ३ बजे बन्द हुन्छ भने विटोरमा उक्त नाच बिहान सबेरै शुरू भई दिउँसोसम्म नाच्ने चलन छ । रहरिया डिह काफिला मङ्गलवार राति शङ्कराचार्यद्वारनजीकको मन्दिरमा बास बसी त्रिवेणीघाट (भैंसालोटन) प्रस्थान गर्नेछ भने माघ २५ गते मुण्डन, माघ २६ गते औंसीको दिन नारायणी नदीबाट जल भरेर माघ २७ गते बिहार, पूर्वी चम्पारणको अरेराज पुग्नेछ ।
चार दिनको यात्रापछि फागुन २ गते त्यहाँको शिवमन्दिरमा जलाभिषेक गरी काफिला फगुवाको अबिर लगाइ यात्रा सम्पन्न गर्दै घर फर्किने चलन छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads