search

मेडिकल कलेजका विद्यार्थीको आन्दोलन टुङ्गियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ माघ । नेशनल मेडिकल कलेज वीरगंजमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलन सहमतिमा टुङ्गिएको छ । माघ २१ गते साँझ विद्यार्थी, कलेज प्रशासन र स्थानीय प्रहरी प्रशासनको रोहबरमा माग सम्बोधन गरिएको र सहमति भएपछि आन्दोलन टुङ्गिएको हो ।
सात सूत्रीय माग राखेर विद्यार्थीहरू माघ १४ गतेदेखि धर्ना, प्रदर्शन गर्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीहरूले होस्टलमा बस्नुपर्ने, क्यान्टिनमा खानुपर्ने, इन्टरनेट लिनुपर्ने विषय ऐच्छिकमा राख्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए । सात बुँदे माग अघि सार्दै मेडिकल कलेजका एमबिबिएस, पिजी, नर्सिङलगायत विभागमा अध्ययनरत सम्पूर्ण विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए ।
सहमतिपछि कलेजको क्यान्टिन र खाजाघर अनिवार्य गरिएको छैन र अब विद्यार्थीहरू बाहिर बस्न र बाहिर खान सक्ने त्रिविविको नियम अनुसारको सुविधा पाउने भएका छन् ।
सम्झौतापत्रमा कलेजको व्यवस्थापन पक्ष्Fबाट प्राडा केएम सिंह, सहायक क्याम्पस प्रमुख डा रविशङ्कर गुप्ता र ११ जना विद्यार्थीले हस्ताक्ष्Fर गरेका छन् भने रोहबरमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठ थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष डा जैनुद्दीन अन्सारीलगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads